ट्रम्पविरुद्धको मुद्दाको सुनुवाइ अर्को वर्षको मे महिनामा हुने

152 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको मुद्दाको सुनुवाइ अर्को वर्षको मे महिनामा हुने भएको छ ।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले सन् २०२४ को मे २० देखि पूर्वराष्ट्रपति ट्रम्पको सुनुवाई सुरु गर्न आदेश दिएका हुन् ।

अभियोजकहरूले डिसेम्बरमा मुद्दाको सुनुवाइ सुरु गर्न माग गरेका थिए । ट्रम्पका प्रतिरक्षा वकिलहरूले नोभेम्बर २०२४ को राष्ट्रपति चुनावपछि यो मुद्दा सञ्चालन गर्न अनुरोध गरेका थिए ।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिपदका लागि मनोनयनका प्रबल दाबेदार ७७ वर्षीय ट्रम्प चुनावका लागि पार्टीको सशक्त दावेदारको चयनका लागि हुने प्राथमिक अभियानको शिखरमा सुनुवाई तय भएको छ ।