फ्रान्सको आइफिल टावरमा बम विस्फोटको चेतावनी, दुई घण्टा सेवा बन्द
219 पटक पढिएको

एजेन्सी । फ्रान्सको चर्चित आइफिल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनीपछि खाली गर्नुपरेको छ । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको हो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको थियो ।
सेवा खोले पनि त्यहाँ प्रहरी बललाई तैनाथ गरी अवलोकन गर्ने वातावरण बनाइएको छ । चेतावनी दिने समूहबारे थप अनुसन्धान भइरहेको छ । आइफिल राजधानी सहर पेरिसमा रहेको ऐतिहासिक टावर हो । यो टावर हेर्न बर्सेनि लाखौँ पर्यटक आउने गर्छन् ।
यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोनबाट टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको थियो ।