भारतको राजस्थानमा भएको बस दुर्घटनामा ११ जनाको मृत्यु
272 पटक पढिएको

एजेन्सी । भारतको राजस्थानमा आज बिहान भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ ।
गुजरातको भावनगरबाट मथुरा जाँदै गरेको बस राजस्थानको भरतपुरमा गुडिरहेको ट्रेलरमा ठोकिएर दुर्घटना भएको हो । घटनामा १५ जना घाइते भएका छन् ।
दुर्घटनाका कारण बस पूर्णरुपमा क्षतीग्रस्त भएको छ । बसका चालकलाई प्रहरीले गिरफ्तार गरेको छ । राजस्थानका सडक संरचना कमजोर भएकै कारण बर्षेनी हुने सडक दुर्घटनामा सयौंको ज्यान जाने गरेको छ ।