युक्रेनी अन्न बोकेको जहाज टर्कीको बोस्फोरस स्टेटमा

200 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । युक्रेनी अन्न बोकेको पहिलो कार्गो जहाज बिहीबार अस्थायी मानवीय कोरिडोरको प्रयोग गरी टर्कीको बोस्फोरस स्टेट पुगेको छ ।

रेजिलियन्ट अफ्रिका नामक जहाज टर्कीको बोस्फोरस स्टेटको ब्ल्याक सी प्रवेशद्वारमा सरियर जिल्लामा पुगेको बताइएको हो ।

जहाज पछि इजरायल हुँदै स्ट्रेट पार गर्नेछ । युक्रेनले अगस्टमा एक मानवीय करिडोर घोषणा गरेको थियो । रुसले संयुक्त राष्ट्रसँग गरेको अन्न सम्झौता फिर्ता लिएपछि अन्न ढुवानीलाई अनुमति दिइएको थियो ।

रुस र युक्रेनले जुलाई २०२२ मा इस्तानाबुलमा ब्ल्याक सी ग्रेन इनिसिएटिभमा अलग अलग हस्ताक्षर गरेका थिए । जसले युक्रेनलाई यसको कालो सागर बन्दरगाहबाट आफ्नो अन्न र अन्य कृषि उत्पादनहरु निर्यात गर्न अनुमति दिएको थियो ।