अमेरिकी प्रतिनिधि सभाका सभामुख म्याकार्थीलाई पदबाट हटाइयो

167 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाईएको छ ।

संसदमा भएको मतदानपछि रिपब्लीकन सभामुख म्याक्कार्थीलाई पदबाट जबरजस्ती हटाइएको हो । मंगलबार अबेर भएको मतदानमा सभाुमख म्याक्कार्थीलाई हटाउने पक्षमा २ सय १६ मत पर्‍यो भने उनलाई नहटाउने पक्षमा २ सय १० मत मात्रै पर्‍यो ।

सभामुख म्याक्कार्थीले आफूविरुद्धको प्रस्ताव व्यक्तिगत इर्ष्याले लक्षित भएको भन्दै रिपब्लीकन सांसद म्याट गेट्जले राजनीतिक ध्यान खिच्न आफूमाथि प्रहार गरेको प्रतिक्रिाय दिएका छन् । फ्लोरिडाका रिपब्लिकन सांसद गेट्जले म्याकार्थी र उनको पार्टीको दक्षिणपन्थी बीचको झगडापछि उनलाई निष्कासन गर्न सोमबार संसदमा औपचारिक प्रस्ताव दायर गरेका थिए ।

म्याक्कार्थी अमेरिकी इतिहासमा यसरी हटाइएका पहिलो सभामुख हुन् । मंगलबार मतदानमा उपस्थित सबै २ सय ८ डेमोक्र्याट तथा ८ रिपब्लिकन सांसदले म्याकार्थीलाई हटाउन मतदान गरे । म्याक्कार्थीले अब हुने निर्वाचनमा आफू सभाुमखको दौडमा नरहेको बताएका छन् ।

सभाुमख पदमुक्त भएपछि संसदमा बजेटमाथिको गम्भिर छलफल प्रभावित हुने देखिएको छ । तत्कालका लागि रिपब्लीकन सांसद प्याट्रि म्याक्अन्रीलाई अन्तरिम सभामुख छानिएको छ । म्याक्अन्री पनि निवर्तमान सभाुमख म्याक्कार्थीकै निकट मानिन्छन् ।