विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्छ: गगन थापा

91 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ ।

आज शुक्रवार प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताउनुभएको हो ।

उहाँले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसकेपछि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताउनुभयो ।

थापाले विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्‍याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताउनुभयो । उहाँले उल्टो भएको विधेयकलाई वृहत् छलफल गरेर सुल्टो बनाउन जरुरी रहेको बताउनुभयो ।

शिक्षण पेसालाई आकर्षक, मर्यादित पेसा बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले एक वर्ष नै लागे पनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५र२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्गदर्शन गर्ने दाबी गर्नुभयो ।