भारतको गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु

144 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । भारतको गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ । गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारी वर्षाले दर्जनौं घरहरुमा क्षति पु¥याउनुका साथै पशु चौपाया पनि मरेका छन् ।

गुजरातमा जाडो मौसम शुरु भएपछि भारी वर्षा र आँधीबेहरी सामान्य भए पनि यो वर्ष भने ठुलो मानवीय क्षति भएको अधिकारीहरुले जनाएका छन् ।

जलवायु परिवर्तनका कारण उच्च तापमानले विश्वव्यापी असर पु¥याएको भन्दै वैज्ञानिकहरुले यसको प्रभाव विश्वव्यापी पर्न सक्ने चेतावनी दिएका छन् ।

गुजरातमा गत आइतबारबाट शुरु भएको भारी वर्षा र असिना पानी अझै केही दिन जारी रहने भन्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन् । यहाँ पछिल्लो २४ घण्टामा १ सय ४४ मिलिमिटर वर्षा भएको छ ।