नोबेल शान्ति पुरस्कर विजेता किसिन्जरको निधन

121 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । अमेरिकाका पूर्वविदेशमन्त्री एवम् नोबेल शान्ति पुरस्कर विजेता हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा निधन भएको छ ।

किसिन्जरको कनेक्टिकटमा रहेको आफ्नै निवासमा हिजो निधन भएको हो । रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री बन्नुभएको थियो ।

भियतनाम युद्धविरामका लागि पहल गरेका कारण उहाँले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुभएको थियो । शताब्दी उमेरसम्म सक्रिय किसिन्जरले गएको जुलाईमा चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न अकस्मात बेइजिङको भ्रमण गर्नुभएको थियो।

चीन–अमेरिकाबीच शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा उहाँले जोड दिँदै आउनुभएको थियो।