इजरायली सेनाको आक्रमणमा आफ्नै तीन नागरिकको मृत्यु
373 पटक पढिएको
हमासविरुद्ध गाजामा इजरायलले गरेको आक्रमणमा आफ्नै तीन नागरिक मारिएका छन्। हमासले बन्धक बनाएका इजरायली नागरिक २८ वर्षीय के योतम ह्याम, २६ वर्षीय एलोन शमरिज र २२ वर्षीय समीर तलाल्काको मृत्यु भएको हो। उनीहरूमाथि उत्तर गाजाको शेजैया क्षेत्रमा इजरायली सेनाले गोली चलाएको हो।
भुलबस घटना भएकोमा पश्चाताप गर्दै इजरायली सेनाले आफूहरूको मिसन नै बेपत्ता र बन्धक बनाइएकाहरुको खोजी र उद्धार रहेको प्रष्टीकरण दिएको बीबीसीले जनाएको छ।
७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरी ३०० भन्दा बढीलाई बन्धक बनाएको थियो। तीमध्ये १०० भन्दा बढी अझै नियन्त्रणमा छन्।







