चीनमा भूकम्प : मृत्यु हुनेको संख्या १११ पुग्यो
179 पटक पढिएको

काठमाडौं । उत्तरपश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको संख्या १११ पुगेको छ । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार गएको ५.९ म्याग्निच्युडको भूमकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो ।
२२० जना घाइते भएका बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५.९ म्याग्निच्युड १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।
आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ ।