भारतको मध्य प्रदेशस्थित गुनामा सडक दुर्घटना, १२ जनाको मृत्यु

390 पटक पढिएको

१२ पुष २०८०, बिहीबार १२:११ सम्पादक: धादिङ न्यूज

एजेन्सी । भारतको मध्य प्रदेशस्थित गुनामा सडक दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।

बुधबार राति करिब ९ बजे डम्पर र बस एकआपसमा ठोक्किएर बसमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जलेर घाइते भएका यात्रुहरुको अस्पताल लैजाँदै गर्दा र उपचारको क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बसमा करिब ४० यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा परेकाहरुको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।