पपुवा न्युगिनीमा हिंसा हुँदा ८ जनाको मृत्यु

178 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । पपुवा न्युगिनीमा हिंसा हुँदा ८ जनाको मृत्यु भएको छ ।

प्रहरी र सरकारी कर्मचारीहरुले तलव वृद्धिको मागसहित गरेको हडतालका क्रममा राजधानी पोर्ट मोरेस्बीमा भेला भएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । घटनामा थुप्रै घाइते भएका छन् ।

तलब वृद्धिको माग गर्दै गरेको आम हडतालका क्रममा सयौं प्रहरीहरु नै सडकमा उत्रेपछि सर्वसाधारणले कयौं सवारीसाधनमा आगजनी पनि गरेका थिए ।

प्रर्दशनकारीले शपिङमल र सुपरमार्केटहरुमा लुटपाट मच्चाएको थिए । सरकारले स्थिति नियन्त्रणमा लिन सेना परिचालनसमेत गरेको छ । हडलातकाबीच थुप्रै भौतिक संरचनाहरुमा क्षति पुगेको छ ।

सरकारले प्रहरी र अन्य कर्मचारीहरुको तलव ५० प्रतिशतले घटाएपछि आन्दोलनमा उत्रेका प्रहरी र कर्मचारीहरुले संसद बाहिर प्रदर्शन गरेपछि भड्केको हिंसाले उग्र रुप लिएको हो ।

प्रधानमन्त्री जेम्स मारापेले हड्तालको फाइदा उठाउँदै सर्वसाधारणले देशमा लुटपाट मच्चाएको भन्दै खेद प्रकट गर्नुभयो ।