इक्वेडरमा सामुहिक हिंसामा परेर १० जनाको मृत्यु
277 पटक पढिएको

एजेन्सी । इक्वेडरमा सामुहिक हिंसामा परेर १० जनाको मृत्यु भएको छ । इक्वेडरको राजधानी क्विटोको उत्तरी भागको मुख्य सडकमा हिंसा भएको थियो ।
मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका थिए । उनीहरुले प्रहरी चौकी, टेलिभिजनहरुमा आक्रमण गर्नुका साथै सवारीसाधनहरुमा आगजनी समेत गरेका थिए ।
उनीहरुको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी रहेको बताइएको छ ।