गाजा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा २५ प्यालेस्टिनी मारिए
261 पटक पढिएको

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गरेको हवाई आक्रमणमा फेरी २५ प्यालेस्टिनी मारिएका छन्। गाजा शहरको दराज नजिकै भएको उक्त आक्रमणमा २५ जना मारिएको र थप दर्जनौं घाइते भएका गाजास्थित स्वास्थ्य मन्त्रालयले बताएको छ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा इजरायली फायरबाट गाजापट्टी मात्रै १ सय ६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३ सय ५० जना घाइते भएको बताएको छ।
यससँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या २४ हजार ४ सय ४८ र घाइतेहरूको संख्या ६१ हजार ५ सय ४ पुगेको मन्त्रालयले बताएको छ ।