चिलीको जंगलमा लागेको डढेलोबाट ४६ जनाको मृत्यु
235 पटक पढिएको

एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीको जंगलमा लागेको डढेलोबाट ४६ जनाको मृत्यु भएको छ । चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको विनाशकारी डढेलोले एक हजारभन्दा बढी घरहरु नष्ट पारेको छ ।
तटीय पर्यटक सहर भिना डेल मारका मेयरले आफ्नो क्षेत्रका दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको जानकारी दिनुभयो । गृह मन्त्रालयका अनुसार देशभर ४३ हजार हेक्टरभन्दा बढी क्षेत्र आगलागीबाट प्रभावित भएको छ ।
सामान्य भन्दा बढी तापक्रम र तेज हावाका कारण डढेलो फैलिएको बताइएको छ । मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रको आकाश भुावा र खरानीले ढाकिएको छ ।
पर्यटकीय शहर भिना डेल मार वरपरका सबै प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरू पुग्ने प्रयास गरिरहेका गरिरहेका छन् ।