एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर अमेरिकाद्वारा रुसको चर्को आलोचना

106 पटक पढिएको

सम्पादक: Dhading News

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्युलाई लिएर अमेरिकाले रुसको चर्को आलोचना गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाभाल्नीको मृत्युमा पुटिन जिम्मेवार रहेको आरोप लगाए।

वक्तव्य जारी गरी बाइडेनले नाभाल्नीको मृत्युको समाचारले आफूलाई अचम्मित पारेको नभई आक्रोशित बनाएको बताएका छन्। ‘नाभाल्नी बहादुरीका साथ भ्रष्टाचार, हिंसा र पुटिन सरकारका सबै कामको आलोचक थिए, नाभाल्नीको मृत्युको जिम्मेवार पुटिन हुन्’, उनले भनेका छन्।

उपराष्ट्रपति कमला ह्यारिसले नाभाल्नीको मृत्यु भएलगत्तै  प्रतिक्रिया दिँदै घटना रुसी राष्ट्रपति पुटिनको क्रुरताको अर्को संकेत भएको टिप्पणी गरेकी थिइन्।

१९ वर्षको जेल सजाय काटिरहेको नाभाल्नीको हिजो जेलमै मृत्यु भएको थियो। ४७ वर्षीय नाभाल्नीलाई रुसको सबैभन्दा खतरनाक मानिने जेलमा राखिएको थियो । उहाँलाई खतरनाक जेलमा सारेदेखि नै पुटिनका आलोचकले नाभाल्नीलाई मार्ने योजनामा जेल सरुवा गरिएको आरोप लगाउँदै आएका थिए।