मरियम पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित

106 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । पाकिस्तान मुस्लिम लिग–नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष मरियम नवाज शरीफ सोमवार पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएको प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले घोषणा गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको हो । उहाँले २२० मत प्राप्त गर्नुभयो ।

आरक्षित सिट सम्बन्धी केही विषयमा छलफल गर्न नदिएपछि खान र उनको पार्टीका सदस्यहरूले विधानसभा सत्रबाट बाहिरिएर मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।

५० वर्षीया मरियम सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानको कुनैपनि प्रान्तको पहिलो महिला मुख्यमन्त्री हुनुभएको हो । मरियम पाकिस्तानको राष्ट्रिय सभा वा संसदको तल्लो सदन र प्रान्तीय सभाको फेब्रुअरी ८ मा भएको आम निर्वाचनपछि मुख्यमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।

निर्वाचित भएपछि मरियमले विधानसभाको बैठकलाई सम्बोधन गर्दै विकास आयोजना बढाउन, स्वास्थ्य र कृषि सुधार ल्याउने र एकद्वार नीति बनाएर व्यवसाय गर्न सहज बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।