यस्तो छ ओडिसियस रोबोटको पहिलो स्पष्ट तस्बिर
133 पटक पढिएको
एजेन्सी । चन्द्रमाको सतहमा अमेरिकाले पठाएको ओडिसियस रोबोटको पहिलो स्पष्ट तस्बिरहरू सार्वजनिक भएको छ । तस्बिरमा अन्तरिक्षयानको एउटा खुट्टा भाँचिएको अवस्थामा चन्द्रमाको एक छेउमा अवतरण भएको देखिएको बीबीसीले जनाएको छ । यद्यपि यसले काम गर्न थालेको छ ।
अन्तरिक्षयानले चन्द्रमाको वातावरणबारे जानकारीहरु पठाइरहेको खबरमा उल्लेख छ । अप्ठ्यारो परिस्थितिका बाबजुत यसले काम गर्न थालेकाले रोबोटलाई कमजोर सोच्न नहुने अमेरिकी अन्तरिक्ष एजेन्सी प्रशासक बिल नेल्सनले बताउनुभएको छ । गएको बिहीवार ओडिसियसले निजी कम्पनी इन्ट्युटिभ्स मेसिन्सको पहिलो अन्तरिक्षयानको रुपमा चन्द्रमामा सफल अवतरण गरेर इतिहास रचेको थियो ।
आठ दिने मिसनको प्रक्षेपण गरिएकामा छैटौँ दिनसम्म पनि चन्द्रमाबाट जानकारीहरु पठाइरहेको कुरालाई सफलताको रुपमा हेर्न सकिने कम्पनीले जनाएको छ । नासाले कम्पनीसँग चन्द्रमाको वातावरण अध्ययनका लागि रोबटमा ६ वटा वैज्ञानिक उपकरण जडान गरेर पठाउने सम्झौता गरेको थियो ।