म्यान्चेस्टरद्वारा युनाइटेड ३–१ ले पराजित
160 पटक पढिएको

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ ।
सिटीको मैदानमा आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा युनाइटेडका मार्कस रास्फोर्डले पहिलो गोल गरे । तर म्यान्चेस्टर सिटीका फिल फोडेनले दुई तथा अर्लीङ ब्रट हाल्याण्डले एक गोल गरेपछि टोली ३–१ ले विजयी भयो ।
जितसँगै म्यान्चेस्टर सिटीले प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानको लिभरपुलसँगको दुरीलाई एक अंकमा सिमित गरेको छ ।
२७ खेलबाट लिभरपुलको ६३ अंक छ भने म्यान्चेस्टर सिटीको ६२ अंक छ । एक खेल कम खेलेको आर्सनल ५८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।