रुसमा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु

46 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ । हतियारधारीको आक्रमणमा परेर १ सय जनाभन्दा बढी घाइते भएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई आतंकवादी हमलाको संज्ञा दिएको छ । हमला मस्कोनजिकैको क्रोकस सिटी हलमा भएको रुसी समाचार एजेन्सीले जनाएको छ ।

कन्सर्ट हुन लागेको समयमा आक्रमण भएको थियो । कन्सर्टअघि हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका थिए ।

भवनमा आगलागी भएको र धेरै मानिसभित्र फसेको अनुमान गरिएको छ । घटनास्थलमा पुगेका सुरक्षाकर्मीले बेसमेन्टबाट करिब एक सय जनाको उद्धार गरेका थिए ।

इराक र सिरयामा सक्रिय रहेको आईएसआईएल समूहले आफ्नो टेलिग्राम च्यानलमार्फत घटनाको जिम्मेवारी लिएको अल जजिराले जनाएको छ । उनीहरूले जताततै पेट्रोल बम प्रहार गरेपछि आगलागी भएको थियो ।