बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किदा ६ जनाको मृत्यु

35 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ। मालबाहक पानी जहाज ठोक्किँदा ३ किलोमिटर लामो पुल भाँचिएको छ। र, पुल भाँचिदा थुप्रै सवारी साधन नदीमा खसेको अनुमान गरिएको छ।

अहिलेसम्म ६ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। दुर्घटनास्थलमा अहिले पनि उद्धार तथा खोजी कार्य जारी छ।​ मेरील्यान्डका गभर्नर वेस मूरले दुर्घटनाबाट प्रभावित मानिसहरुको सम्झनामा पुलको पुनर्निर्माण गरिने बताएका छन्।

राष्ट्रपति जो बाइडनले पुलको पुनर्निर्माण र बन्दरगाहलाई पुनः सञ्चालनमा ल्याउन सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताएका छन्।