ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

63 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र हुलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणमा छ । भूकम्पपछि अहिले त्यहाँ साना ठूला परकम्पहरु आइरहेको जनाइएको छ । भूकम्पपछि ताइपेका केही ठाउँहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

भूकम्प गएलगत्तै छिमेकी देश जापानमा सुनामीको खतरा भएको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिइसकेको छ ।

ताइवानमा भूकम्पका कारण भएको क्षतिको विवरण आइसकेको छैन ।