ताइवानमा गएको भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य जारी

32 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । ताइवानमा हिजो बुधबार गएको शक्तिशाली भूकम्पमा च्यापिएकाहरुको उद्धार कार्य भइरहेको छ ।

अधिकारीहरुका अनुसार भुकम्पले भत्किएका संरचनामा १ सय २९ जना च्यापिएको प्रारम्भिक अनुमान छ । बुधबार बिहान गएको ७ दशमलब ४ म्याग्नेच्यूडको शक्तिशाली भूकम्पमा परी कम्तिमा ९ जनाको मृत्यु भएको छ भने ९ सयभन्दा बढी घाइते भएका छन् ।

चार वटा मिनी बसमा यात्रा गरिरहेका कम्तिमा १३१ जना यात्रु एउटा टनेलमा थुनिएको र उनीहरुसंग सम्पर्क गर्ने प्रयास सफल नभएको अधिकारीहरुले जनाएका छन् । ताइवानको हुआलियन शहरबाट १८ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु रहेको यो भुकम्पको धक्का राजधानी ताइपेईसम्म महशुस गरिएको थियो ।