÷‘शान्ति र शिक्षा ,समृद्ध नेपालको अपेक्षा’ भन्ने नाराका साथ यस बर्षको अन्र्तराष्ट्रिय शान्ति दिवस धादिङमा पनि मनाईने

790 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/‘शान्ति र शिक्षा ,समृद्ध नेपालको अपेक्षा’ भन्ने नाराका साथ यस बर्षको अन्र्तराष्ट्रिय शान्ति दिवस धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईने भएको छ । हरेक बर्ष २१ सेप्टेम्बरका दिन मनाईने अन्र्तराष्ट्रिय शान्ति दिवस यो बर्ष नेपाली मिति अनुसार असोज ५ गते शनिवार परेको छ ।
अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर जिल्ला शान्ति समिति,जिल्ला प्रशासन कार्यालय तथा शान्तिका लागि काम गरिरहेका गैर सरकारी संघसंस्था र निजी क्षेत्रको सहभागितामा ३ दिन सम्म भव्य रुपमा मनाईने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले असोज ३ गते विभिन्न धार्मिक मठ मन्दिर,चर्च,गुम्वा र मस्दिजमा शान्तिका लागि प्राथना,असोज ४ गते प्रभातफेरी सांझमा दिपावली, असोज ५ गते सरोकारवालाहरुका बिच परिसम्वाद कार्यक्रम गरी मनाईने निर्णय गरिएको छ ।
स्थानीय शान्ति समिति धादिङका संयोजक खेमप्रसाद लोहनीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकमा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल,समितिका पुर्व संयोजकहरु रामनाथ अधिकारी,रामवहादुर भण्डारीका साथै समितिका सदस्यहरु,विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।