अमेरिकामा पेलेस्टाइनी समर्थनमा भएको प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ

28 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । अमेरिकामा पेलेस्टाइनी समर्थनमा विश्वविद्यालयका विद्यार्थीहरुले गरेको प्रदर्शनका क्रममा दर्जर्नौ पक्राउ परेका छन् । अमेरिकाको एल विश्वविद्यालयका विद्यार्थीहरुले गरेको प्रदर्शनमा सडक नै ओगटेर बसेपछि पक्राउ गरिएको हो ।

यसअघि गता साता न्युयोर्कमा कोलम्बिया युनिभर्सिटीका हजारभन्दा बढी विद्यार्थीहरुले इजरायलले गाजामा गरेको आक्रमण विरुद्ध प्यालेस्टिनीहरुको समर्थनमा प्रदर्शन गर्दा पनि सयभन्दा बढी पक्राउ परेका थिए । प्रदर्शनकारीहरुले गाजामाथि इजरायलले दमन गरेको भन्दै तत्काल युद्ध रोक्न माग गर्दै इजरायल विरुद्ध नारा लगाएका छन् ।

प्रदर्शनले अमेरिकाका विभिन्न विद्यालय र विश्वविद्यालयमा अध्ययनरत यहुदी विद्यार्थीहरुको भविष्यमाथि नै असर पर्ने भन्दै अमेरिकी सुरक्षाकर्मीहरुले प्रदर्शन दबाउन खोजिएको बुझिएको छ । प्रदर्शनका क्रममा विद्यार्थीहरुले सडक अवरुद्ध गरेपछि पन्छाउने क्रममा विद्यार्थी र सुरक्षाकर्मीबीच ब्यापक झडप समेत भएको थियो । सोही क्रममा दुबैतर्फ दर्जर्नौ घाइते भएका छन् ।

गत वर्ष इजरायल–गाजा युद्ध सुरु भएदेखिको प्रदर्शनले अमेरिकाका अधिकांश विश्वविद्यालयका विद्यार्थीहरुले लगातार रुपमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा विद्यार्थीहरुले केही सवारी साधन र भौतिक सम्पत्तीमा समेत क्षति पुर्‍याएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *