मध्यमाञ्चल उद्योग बाणिज्य संघको अध्यक्षमा अरुणराज सुमार्गी निर्वाचित

573 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२८ भदौ / मध्यमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघको अध्यक्षमा अरुणराज सुमार्गी निर्वाचित भएका छन ।
1175144_1414896068737393_1326434058_nशुक्रवार धादिङमा सम्पन्न मध्यमाञ्चल क्षेत्रीय उद्योग बाणिज्य संघको दोश्रो अधिबेशनले सुमार्गीको अध्यक्षतामा ९ सदस्यिय कार्य समितिको चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा दिलवहादुर श्रेष्ठ,महासचिवमा राजेशकुमार श्रेष्ठ,सदस्यहरुमा राजन श्रेष्ठ,दिनेशकुमार श्रेष्ठ,राजनकुमार शाह, बिदुरप्रसाद पराजुली,गोविन्दकुमार श्रेष्ठ र खडगवहादुर तामाङ चयन भएका छन । अध्यक्ष पदमा धुलिखेलका दिलसुन्दर श्रेष्ठ र सुमार्गी बिच प्रतिस्पर्धा भएपछि महासंघका अध्यक्ष बैद्यले निर्वाचन समितिलाई दुई वटा गोला दिएर प्रतिस्पर्धिलाई थुत्न लगाउंदा दिलसुन्दरलाई केन्द्रिय सदस्य र सुमार्गीलाई क्षेत्रीय अध्यक्षको गोला परेको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले अधिबेशनको उदघाटन गरेका थिए । अधिबेशनमा मध्यमाञ्चल क्षेत्र भित्रका १९ जिल्लाका जिल्ला र नगर गरी २२ वटा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसै बिच अधिबेशनका प्रतिनिधिहरुले धादिङ जिल्लामा दुईवटा उद्योग वाणिज्य संघ गठन भई एउटालाई मात्र केन्द्रले मान्यता दिएको एक हजार ५५ जना सदस्य रहेको उद्योग वाणिज्य संघलाई वाहिर राखेको बिषयमा महासंघका अध्यक्ष बैद्यको ध्यानाकर्षण गराएका थिए ।