हमासविरुद्ध लडिरहेको इजरायललाई हतियार आपुर्ति रोकेर अमेरिकाले गल्ती गर्यो: नेतान्याहु

83 पटक पढिएको

सम्पादक: Dhading News

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध लडिरहेको इजरायललाई हतियार आपुर्ति रोकेर अमेरिकाले गल्ती गरेको बताउनुभएको छ ।

इजरायलले गाजाको रफाह शहरमा आक्रमण थालेपछि अमेरिकाले उसलाई पठाउने हतियारको ढुवानी रोकेको थियो । यही विषयमा इजरायली प्रधानमन्त्री नेतेन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनको आलोचना गर्नुभएको हो ।

अमेरिकी टेलिभिजनसँगको एउटा अन्तर्वार्ताको क्रममा नेतान्याहुले इजरायली सेनाले सर्वसाधारण जनतालाई रफाह छोड्न सक्दो सहयोग गरिरहेको बताउनुभयो ।