सम्झनाभरि धादिङ– १ , भूमिगत जीवनका दुईवटा अविस्मरणीय रात–

697 पटक पढिएको

सम्पादक: Dhadingnews.com

           भूमिगत जीवनका दुईवटा अविस्मरणीय रात

283766_10200768552563479_1039736468_n    नरनाथ लुइ“टेल –

धादिङको माटो मुटुमा उठाउँदै म आज एकफेर चौबिस वर्ष अघि फर्केको छु । बितेका अनगिन्ती दिनहरू र क्षणहरूमध्ये सबै दिन र क्षणको सम्झना मनमष्तिष्कमा रहिरहँदैन अनि रहिरन साध्ये पनि हुँदैन । बिर्सनै नसकेर बेलाबेला मनमा मडारिदै झलक्क झलक्क झल्का दिने एउटा सानो घटनाबारे म यहाँ छोटो चर्चा गर्न खोजिरहेको छु । कुरो २०४६ साल चैत पहिलो हप्तातिरको हो । मुलुकभरि आन्दोलनको आँधीबेहरी चलिरहेको थियो । पञ्चायती राजले पञ्चायतइतर विचार राख्ने धेरै राजनीतिक कर्मीहरूलाई पक्राउ गरिसकेको थियो । फागुन ७ गते देखिनै बिभिन्न ठाउँमा भएका हिंसात्मक झडपमा परि दर्जनौं नागरिकहरू शहीद भइसकेका थिए, सैंयौंको सङ्ख्यामा पञ्चायती बुट, लाठी र गोलीको आक्रमणमा परी घाइते भइसकेका थिए र देशभरिका हजारौं काङ्ग्रेस कम्युनिष्ट नेता कार्यकर्ताहरू प्रहरीको अकल्पनीय दुव्र्यवहारको सिकार भई हिरासतभित्र बन्द भइसकेका थिए । म डेढवर्ष अगाडिदेखि नै खाइपाई आएको अस्थायी मास्टरी जागीर पञ्चहरूले खोसिदिएपछि तत्कालीन नेकपा (माले) को पूर्णकालीन भूमिगत कार्यकर्ताको रुपमा धादिङकै मध्येक्षेत्रका विभिन्न विकट गाउँबस्तीमा पार्टी सम्पर्क तथा राजनीति विस्तारको जिम्मेवारीमा सरिक थिएँ । दक्षिणी क्षेत्रमा मलाई धेरैले खुला रुपले चिन्ने÷चिनिने भएको हुँदा भूमिगत काम गर्न केही कठिनाइ थियो तर त्यसको तुलनामा मध्यक्षेत्रमा अलि सजिलो ठान्यो जिल्ला कमिटीले । अर्कोतिर त्यो क्षेत्रमा खुला कार्यकर्ताहरूको बाहुल्यता भए पनि पूर्णकालीन कार्यकर्ता एकजना पनि थिएनन् । त्यसकारण पनि मैले स्वेच्छाले नै त्यो क्षेत्रको जिम्मेवारी लिएको थिएँ । पार्टीको आवश्यकतालाई बुझेर कामको कठिन क्षेत्रमा जिम्मेवारी लिन गौरव गरिने बेला थियो त्यो ।
छयालीस सालको आन्दोलनलाई नयाँ उचाई दिने दोस्रो चरणका कार्यक्रमलाई कार्यान्यन गर्ने क्रममा म त्यो अघिल्लो रात धादिङ जिल्लाभरिमै वामपन्थी गतिविधि तीव्र भएको चैनपुर पुगेको थिएँ । चैनपुरका अगुवामध्ये गुरुप्रसाद बुर्लाकोटी फागुनको दोस्रो हप्ता नबित्दै पक्राउ परिसक्नु भएको थियो भने अर्का अगुवा खेम पाठकलाई वारेन्ट जारि गरिएको थियो । गाउँपञ्चायतको जनपक्षीय प्रधानपञ्च खेम पाठक फागुनको तेस्रो हप्तादेखि नै दिउँसो कतै सेल्टरमा लुकेर बस्ने अनि राति भएपछि सम्पर्क सम्बन्धका निम्ति ओल्लो गाउँ पल्लो गाउँ गर्दैहुनुहुन्थ्यो । चैनपुरमा गुरु बुर्लाकोटीको गिरफ्तारीपछि वहाँकै घर बढी सुरक्षित सेल्टर ठहरियो । म सलाङ्, नलाङ्, मैदी, ढोला, खरीका गाउँ पार्टी कमिटीहरूको बैठकमा शंख बजाउने, सार्वजनिक ठाउँमा पार्टीको झण्डा फहराउने र आन्दोलनको प्रचारात्मक कार्यक्रम बारे पूर्वजानकारी दिंदै त्यस रात चैनपुर पुगेको थिएँ । साँझ पर्नेबित्तिकै खरीबाट चैनपुर जाने बेचल्तीको बाटो समातेर म चैनपुर पुग्दा साँझको भर्खर छ बज्दै थियो । खरीबाट सोझै ओरालो झरी सानो खोल्सो तरेपछि ठाड्ठाडो उकालो उक्लिएर मुख्य गाउँ नपसी गाउँभन्दा थोरै एकान्तजस्तो ठाउँमा रहेको बुर्लाकोटीको घर पस्न खासै अप्ठ्यारो थिएन ।
साँझको सात नबज्दै चैनपुर गाउँपार्टी कमिटीका प्राय सबै कमरेडहरू बुर्लाकोटीको घरमा जुटे । तर के त्यस्तो अड्चन आइप¥यो कुन्नि खेम पाठक आइपुग्नु भएको थिएन । आन्दोलनको शंखघोष गर्दै शंख बजाउने निर्धारित साँझ पनि त्यही थियो । गुरु बुर्लाकोटीका पिताजी लौ है म कुकुर फुकाउँछु भन्दै मटानबाट तल झर्नुभयो । हामीले औपचारिक बैठक शुरु ग¥यौं । मलाई राम्रो सम्झना छ– त्यो बैठकमा तीनवटा मात्रै एजेण्डा राखिएका थिए । पहिलो एजेण्डा अन्तर्गत मैले आन्दोलनको राष्ट्रिय रुपबारे एकदम संक्षेपमा जानकारी दिएँ । यो जानकारीले सबैमा उत्साहको जोडदार तरङ्ग पैदा ग¥यो । दोस्रो एजेण्डा अन्तर्गत चैनपुर र आसपासको स्थिति के कस्तो छ भन्नेबारेमा सामान्य रिपोटिङ्ग भयो । गाउँमा पञ्चायती लठैतहरू अहिले निकै ससर्काइरहेको, सल्यानटार चौकीमा दिनहुँ रिपोर्ट पुगिरहेको र सदरमुकामतिर पनि भएनभएको उजुरी ओसारिन थालेको कुरा रिपोटिङ्ले जनायो । त्यसपछि हामी आजै अहिले साँझ सम्पन्न गरिने शंख बजाउने कार्यक्रमको योजना एवम् कामको बाँडफाँडतिर लाग्यौं । बैठकको यो नै तेस्रो र अन्तिम एजेण्डा थियो । शंख बजाउन आरम्भ गरिने स्थानको बारेमा निकै लामो छलफल भयो र अन्तमा चैनपुरको केन्द्रबिन्दु मानिने चैनपुर भञ्ज्याङ्गलाई नै आरम्भको उपयुक्त स्थान ठहर गरियो । त्यो ठाउँ सल्यानटारदेखि सदरमुकाम जाने मुलबाटोमै पर्दथ्यो र ४÷५ वटा किराना पसल, कपडा पसल, चियादोकान आदि त्यहीँ भएकोले साँझ दश सवादश नबजी सुनसान हुँदैनथ्यो । मध्येक्षेत्रका झण्डै १२÷१४ गाउँमा शंख फुक्ने हाम्रो निर्धारित समय साँझको साढे नौ बजे थियो । त्यो बेला घडिमा नौ बजिसक्यो । शंखको एकोहोरो आवाज बाहेक सम्भव भएसम्म कसैले पनि शंख बजाउनेलाई चिन्न नपाओस् भनेर अँध्यारोमा नठम्मिने लुगा लगाउने, कार्यक्रम निर्धारित स्थानमा टुङ्गिएपछि अरु सम्भव भएसम्म कसैसँग नभेटिने, भेटिइ हालेछ भने पनि स्वाभाविक रुपमा आफूलाई प्रस्तुत हुने, कार्यक्रमबारेमा पञ्चहरूका प्रतिक्रिया गतिविधिबारे यथेष्ट जानकारी लिई भोलि साँझ पुन भेट हुने निस्कर्ष सहित बैठक सकियो ।
पुतला निर्माणको निम्ति आवश्यक सामान बुर्लाकोटीको घरमै जुटाइयो । शंख, सलाई, पोष्टर, सबै तयार भयो । कार्यक्रममा सहभागी हुने अरु साथीहरू भञ्ज्याङ्गमा आइसकेको सूचना पनि प्राप्त भएपछि पुत्लाको सामान र शंख काखी च्यापेर मसँग दह्रो हात मिलाउँदै उहाँहरू सेल्टरबाट पालैपालो बाहिर निस्कनुभयो । बुर्लाकोटीकै घर–सेल्टरमा बसेर ठीक साढे नौ बजे भज्याङ्गमा बजाइएको एकाहोरो शंखको स्वर मैले सुनें । दोस्रो र तेस्रो पुँ…उँ… पनि अत्यन्त तीव्र सुनियो, त्यसपछि झन् टाढा झन् टाढा हुँदै मधुरिंदै गयो ।
रातको साढे नौबजे बजेको शंखको एकोहोरो स्वर सुनेर गाउँ एकपटक आश्चर्यमा डुब्यो । थाहै नपाई को म¥यो हँ, रामपुर दोभानतिर लास लगियो नि ¹ चढ्दो रातसँगै सुनसान हुन लागेको गाउँ यस्तै खलबलले पुन एकपटक ब्युँझियो । आखिर वास्तविक कुरो हुरी जसरी हरेकका कानकानमा पुगेरै छाड्यो– केको मान्छे मर्नु ? रामपुर जाने तल्लो डोबोटोको चौतारोमा लगेर पञ्चायतको पुत्ला पो पोले अरे !
म बुर्लाकोटी बाबैसँग धेरैबेर गफिएँ । केही दिनअघि मात्रै सदरमुकाम गएर गिरफ्तार छोरोलाई भेटेर आएको कुरा बताउनु भयो उहाँले । गुरुप्रसाद, खिनबहादुर लगायत पक्राउ परेका सबैलाई कारागार चलान गरेको खबर मैले बताएँ । कुराकानी हुँदाहुँदै खेम लोहनी टुप्लुक्क आइपुग्नु भयो । अध्ययनको सिलसिलामा खेम काठमाडौंतिरै हुनुहुन्थ्यो । आन्दोलनले गति लिएपछि सारा क्याम्पस बन्द भए, विद्यार्थीहरूलाई आ–आफ्नो घर–गाउँतिर फर्काएर गाउँलाई पनि आन्दोलनमा उतार्न महत्वपूर्ण भूमिकाका निम्ति पार्टीले आव्हान गरेको र आफू पनि त्यही उम्मेदका साथ फर्किएको कुरा खेमले बताउनु भयो । बास बस्न मात्र त्यहाँ पसेको तर मसँग ऐन मौकामै भेट हुन पुगेकोमा खुशी व्यक्त गर्नुभयो । हाम्रो कुराकानी अझै तन्कियो । शहरमा खासगरी काठमाडौंमा उठिरहेको आन्दोलनको मुस्लोबारे प्रत्यक्ष जानकारी उहाँले दिनुभयो, गाउँमा आन्दोलनको गति कसरी तीव्र हुँदैछ भनेर मैले उहाँलाई जानकारी दिएँ । बि.बि.सी. विश्व सेवा अन्तर्गत ११ बजेको हिन्दी समाचार बुलेटिन सुनिसकेपछि मात्र हामीले सुत्ने तरखर ग¥यौं । भोलिको दिन पनि दिनभरि त्यहीँ बसेर साँझको अँधेरो सर्लक्कै ओर्लिएपछि म अँधेरीखोलाको अँधेरो बाटो हुँदै सल्यानटारतर्पm लाग्ने आफ्नो निर्धारित कार्यक्रम सम्झँदै सुतें । खेम लोहनी पनि सदरमुकामदेखिको पैदल यात्राले लोथ हुनुभएकै थियो, पर्लङ्ग पल्टिनुभयो । बाबै पनि मूलघरको मूल ओछ्यान छोडेर छेउको अर्को खाटमा सुत्नुभयो ।
बिहान खेम लोहनी र म ब्युँझिदा गाउँ एकखालको कोलाहलमा डुबेको थियो । चार बजेदेखि नै बुर्लाकाटी बाबै उठ्नु भएको रहेछ र स्थितिको राम्रो अवलोकन गरिरहनुभएको रहेछ । उज्यालो खस्दानखस्दै ६ जना प्रहरीका साथ सुनखानीका भुस्तिघ्रे मण्डले ठेउकाहरूको हूल भञ्ज्याङ्गमा मडारिइरहेको थियो । चैनपुरका पञ्चहरूले “बागी प्रधानपञ्च खेम पाठककै नेतृत्वमा हिजो बेलुकी शंख फुक्ने र पञ्चायतको पुतला पोल्ने काम भएको हो, पाठक हिजो बेलुकीको कार्यक्रम सकेर बुर्लाकोटीको घरमा छिरेको हुनसक्छ” भन्दै प्रहरी र मण्डले लठैतहरूलाई नराम्रोसँग उकासेछन् । स्थितिको जानकारी हामीले बुर्लाकोटी बाबैबाट पायौं । खेम पाठक त्यहाँ हुनुहुन्नथ्यो तर खेम लोहनी र एउटा भूमिगत कार्यकर्ता म त्यहाँ मौजुद थियौं । यदि प्रहरी र मण्डलेको हूल घरभित्र जबरजस्ती पसिहाल्यो भने के गर्ने, पस्न नदिन कसरी रोक्ने आदि विषयमा हामीले सुस्तरी कुराकानी ग¥यौं । बाबै पटक्कै आत्तिनुभएको छैन । यद्यपि मेरो झोला आन्दोलनका थुप्रै पर्चाहरू, आफैंले बनाएका दर्जनौं झण्डाहरू, पार्टीका केही गुप्त दस्तावेजहरूले भरिएको थियो । ती सामग्रीहरू अर्कोचाहिँ मटानमा रहेको धानको भकारीभित्र लुकाउने सल्लाह भयो । चलाकीपूर्ण ढङ्गले बाबैले लुकाउँदाओर्दा छ बजिहाल्यो ।
एकान्तमा रहेको बुर्लाकोटी बाबैको घरलाई केन्द्र बनाएर बिस्तारै प्रहरी र मण्डलेहरूको जमात तीनतिर छरिएर भञ्ज्याङ्गबाट तल्तिर सर्न थाल्यो । घरको पूर्वतर्फ भने घना जङ्गल र निकै अपठेरो पखेरो रहेको थियो । कुनै कान्लामाथि, कोही डिलमुनि, कोही चारसय मिटरजति टाढा रहेको टाँकीको बुटामा तीन चारजना तीनचारजना चुरोट बुङ्गबुङ्ती उडाउँदै बसेका छन् । मटानको खटप्वालबाट खेम र मैले घुमीघुमी हे¥यौंं– प्रहरीका हातमा कठबाँसका लाठा छन् भने मण्डलेहरूले पनि हातमा आआफूजत्रै अग्ला घोचा बोकेका छन् । क्रमशः आठ बज्यो, नौ बज्यो । ठीक साढे दश बजेतिर दुईजना लठैतको साथ लागेर तीनजना प्रहरी बुर्लाकोटीको आँगनमा झरे । बाँधेको कुकुर साङ्लै छिनाउला झैं गरेर जोडले भुक्यो । बाघले पनि आँट गर्न नसक्ने जीउ भएको कुकुरको भुकाइ पनि चानचुने थिएन । बुर्लाकोटी बाबै पनि कुकुरलाई हपार्दै आँगनमा झर्नुभयो । मटानमा हामी ध्यानमग्न भएर आँगनमा भएको कुराकानी सुन्न लाग्यौं ।
“प्रधानपञ्चलाई पक्राउ गर्न आएको, उहाँ यो भरमा बस्नु भएको छ रे भन्ने सुन्यौं, हामी सदरमुकामबाटै आएका हौं । बाबै के हो कसो हो ?” बुर्लाकोटी बाबैभन्दा उनीहरू बढ्ता आतङ्कित थिए भन्नेकुरा उनीहरूको स्वरले बताउँथ्यो । हामीसँग बिहान भएको सल्लाह अनुसार नै बडो स्वाभाविक ढङ्गले बाबैले जवाफ दिनुभयो– खेमलाई मैले नदेखेकै हप्तौं भइसक्यो, गुरुप्रसाद पक्राउ नपरुन्जेल कहिलेकाँही बेलुका बस्दै आउनेगरेका हुन् तर धेरै भयो आएका छैनन् । लठैतहरूले अर्को बिङ्गा लगाए– बेलुका कोही यो घरमा छिरेको छ त्यो मान्छे को हो ? बुर्लाकोटी बाबैले अड्डी लिनु भयो– अँह, कोही आएको छैन् । गलफत्ती, द्वादस आधाघण्टा जति चल्यो । घरभित्रै पसेर हेरीकन कोही नभए चित्त बुझाएर जाने प्रहरीको आग्रहलाई बाबैले ढाडै अस्वीकार गरिदिनुभयो– घर खोल्ने र खानतलासी लिने पूर्जि लिएर आउनु अनि पस्नु मेरो घरभित्र । होइन, जबरजस्ती नै गर्ने हो भने म पनि भद्रो हेरेर चाहिँ बस्दिन बाबु हो । उनीहरू नाजवाफ भएर पुनः भञ्ज्याङ्गतिर उक्लिए । चैत लाग्नलाग्दाको पारिलो घाम झन् चढ्दै थियो । चर्को घाम र पेटको भोकले वरपर घेराउमा रहेका मण्डलेहरूको मुहार ओइलाउँदै गयो । भञ्ज्याङ्गकै चिया पसलमा खानाको बन्दोबस्त गरिएको थियो क्यारे ! विस्तारै घेरा फराकिलो पार्दै उनीहरू भञ्ज्याङ्गतिरै एकोहोरिए ।
त्यही मौका पारेर बाबै डोकोमा कोपरा, त्यसमाथि दुईटा थाल, भातले भरिएको सानो तसला, अर्को तसलामा दाल र झर्के बटुकामा तरकारी, एक जर्किन पानी र त्यसमाथि दुई मुठा टाँकीको घाँस हालेर हामी बसेको मटानमा उक्लिनुभयो । कसैले चियो गरिरहेको भए बुढाले मटानमुनि बाँधेका पाडा–बाच्छालाई हाल्न घाँसको डोकै लिएर पसेको सिवाय अर्को अर्थ लगाउने कुनै सम्भावनानै थिएन । बाबैको चलाखीप्रति हार्दिक सह्रनी गर्दै हामीले त्यसदिनको खाना एक बजेतिर खायांै । भोकभन्दा बुर्लाकोटी बाबैको हार्दिकता अतिसय मीठो थियो ।
हामी मटानमै गफगाफमा रह्यौं । पिसाव फेर्न भकारीको पछाडिपट्टि कोपरा थियो । “साँझ नपरी बाबुहरूलाई म निस्कन दिंदैंदिन्न” बाबैको उर्दी यही थियो । हामी उर्दी शिरोपर गरी बसिरह्यौं । चार बजेतिर फेरि बुर्लाकोटी बाबै अर्को कुनै निहुँ बनाएर मटानमा उक्लिनु भयो । उहाँले हामीलाई खाजाको निम्ति भनेर भुटेको मकैका फूलै फूल, भटमास र साँधेको गुन्द्रुक लिएर आउनुभएको रहेछ । हामी खाँदै गफ गर्न थाल्यौं । उहाँले पछिल्लो स्थितिको खुलासा गर्दै सुनाउनु भयो– छजना मध्ये दुई जना प्रहरी खाना खाएर सल्यानटार चौकी गएका छन् । सल्यानटारमा रहेको आवासेटबाट बुर्लाकोटीको घर खोल्ने पुर्जिसहित थपप्रहरी बल आजै साँझ चैनपुर आइपुगोस्, तब मात्रै खेमलाई पक्राउ गर्न सकिने छ भनी जिप्रकामा खबर गर्ने सल्लाह भएको छ रे । यो सूचनाको विश्लेषण ग¥यौं हामीले । यो सत्य होस् या असत्य हामी साँझको अँध्यारो ओर्लनासाथ आफ्नो बाटो लाग्ने सुरमा छँदैथियौं । नभन्दै साँझ भमक्कै प¥यो । हामीले अँध्यारोको रङ्गसँग मिल्दोखाले कपडा लगायौं । झोला मिलायौं, आ–आफ्नो लाइटको बेट्री जाँच्यौं । सबै तयारी सकेर मटानबाट सरक्क र्ओिर्लयौं । बुर्लाकोटी बाबै र आमासमेतको खाना पाकिसकेको र खाना खाएरै मात्र हिंड्नु पर्ने आग्रहलाई टार्न नसकी हामी ठाडै भान्साघरमा पस्यौं ।
खाना खाएर घरपरिवासँग बिदा भई हामी आँगनमा ओर्लंदा बाहिर सोचेभन्दा बढ्ता अँध्यारो थियो । दक्षिणी क्षितिजमा बिजुली चम्केको मसिना धर्साहरू बेलाबेला दृश्यमान हुँदै थिए । बाबैले हामीलाई बिदा गर्नुभन्दा पहिले घरको जङ्गी कुकुर फुकाउनु भयो । कुकुर घरवरिपरि घुम्दै गाउँनै थर्किने गरी भुक्न थाल्यो । त्यसपछि “तपाईंहरूलाई सुरक्षित किसिमले भञ्ज्याङ्ग कटाएर मात्रै म फर्कन्छु, ल आउनोस् मेरो पछिपछि” चुक घोप्ट्याए जस्तै कालो अँध्यारोमा बाबै अघि लाग्नुभयो । हामी बाबैको पाइला पच्छ्याउँदै हिंड्न शुरु ग¥यौं । दिउँसो ठम्ठम्ती हिंड्दा १५ मिनेट जतिको दुरी पार गर्नु थियो हामीले आफूलाई सुरक्षित बाटोमा पु¥याउन । तर बाटो छोडेर, घर छलेर, बारीका कान्ला उक्लिंदै, कालो अँध्यारोमा बत्ती नबाली, चालमार्दै हिंड्दा हामीलाई झण्डै ४५ मिनेट जति लाग्यो । भञ्ज्याङ्गबाट पश्चिमतर्फ ओरालो लागेको मूलबाटो नै हाम्रो लक्ष थियो तर ओरालो झर्ने मूलबाटोको मुखैमा पसल थियो, छेउमा चियाको दोकान थियो । दक्षिणतर्फ भर्खर हुकाईएको वन, त्यतैबाट हामी रामपुर झर्ने मूलबाटो उक्लिएर चाल मार्दै आफू जानुपर्ने अर्को बाटोको ओरालोको मुखलाई समात्नु पर्दथ्यो । दक्षिणतर्फको वन शुरु हुनुभन्दा अगाडि बाटोको पूर्वपट्टि एउटा पुरानो ठाँटी थियो, ठाँटीभन्दा तल ससाना कान्ला भएको पखेरो थियो । तीन कान्ला तलैबाट हामीले चाल बुभ्mयौं– ठाँटीमा केही मान्छेहरू चरोट तान्दै गुनगुन गरिरहेका छन् । हामी निकैबेर त्यहीं कान्लाको आड लिएर उभ्भियौं । उनीहरू को हुनसक्छन् भनी लख काट्दै थियौं– अचानकै हामीमाथिको आकाशमा बिजुली चम्कियो र निकै ठूलो आवाजमा मेघ गर्जियो । बिजुलीको उज्यालोमा हामीले प्रष्ट देख्यौं उनीहरू बिहानदेखि नै ड्युटीमा खटिएका प्रहरी र सुनखानीका केही मण्डलेहरू नै थिए । उनीहरू त्यहाँबाट यताउता नलागि हामी ठाँटीछेउबाटै बाटोमा निस्कनु भनेको खतरापूर्ण कुरो थियो । ठूल्ठूलो थोपा छिट्याउँदै पानी पर्नथाल्यो । हामीले बाबैलाई घर फर्किन आग्रह गर्दै भन्यौं– अब जेजसरी पनि सुरक्षित तबरले हामी गैहाल्छौं । बाबै निकै गाह्रो मानेर फर्किनुभयो । हामी अरु केहीबेर पर्खियौं । पानीको दर्काई बढ्दै गयो । ठाँटीबाट ज¥याकजुरुक प्रहरी र लठैतको हूल उठ्यो र पसलतर्पm दगु¥यो, त्यही सड्को खेम र म पनि बाटोमा उक्लियौं । पानी दर्किरहेको थियो हामी अँध्यारोको फाइदा लिएर चटाचट तेर्सो बाटो हिंडेर ओरालोको मुखमै अवस्थित दोबोटोमा पुग्यौं र देब्रेतिर मोडिएर ओरालो झर्नथाल्यौं ।
पन्द्र मिनेट जतिको दुरी पार गरेर सानो खोल्सीतर्फ नमोडिउञ्जेलसम्म लाइट बाल्नु अर्को खतरालाई सोझै निम्ता दिनुजस्तै थियो, किनभने भञ्ज्याङ्गको पसलबाट छर्लङ्गै देखिन्थ्यो । पानीको दर्को अझ बढिरहेको थियो, हामी राम्रैसँग भिजिसकेका थियौं । अनि रातोमाटो पग्लिएर हामीले टेक्ने एकै पाइला पनि ठेगानमा टेकिन सकिरहेको थिएन । दायाँतर्फबाट बाटो छोडिएको खण्डमा निकै सय मिटर सोझै तल खसेर इहलीला समाप्त हुने निश्चित थियो । हामीले बिलकुल घस्रिएरै करिव एक घण्टा लगाएर त्यो कुइनेटो काट्यौंं र सुरक्षापूर्ण सुस्केरा हाल्यौं । अब हामीलाई लाइट बाल्न कुनै खतरा थिएन । हामीसँगै भिजेर लोत भएको झोलाबाट आ–आफ्नो लाइट झिक्यौं तर अघि जाँचपास भएका दुवै लाइट पिलिक्क पनि बलेनन् । अर्को कुनै उपाय त्यहाँ थिएन । हामीले घुिस्रएर हात र खुट्टा दुवैले छाम्दै त्यो अँधेरी खोलाको बाटो काटेर चैनपुरबेंसी भन्दाइको घर (त्यताको अर्को अत्यन्त सुरक्षित सेल्टर) पुग्दा रातको तीन बजिसकेको थियो । असारको हिले रोपाईं गरेर हिलाम्य भएका हलगोरु जस्तै सारा शरीर हिलाम्य भएर कक्रक्क परेका हामी दुबैजनाको आङबाट भान्दाइले लुगा फुकाल्दिनु भयो र अगेनामा दन्कुटी आगो बालेर हामीलाई अत्यन्त मायालु आमाले जस्तै सेक्नु भएको भयो ।
ती दुईवटा सङ्कटपूर्ण रात, चैनपुर भञ्ज्याङ्ग, गुरुप्रसाद बुर्लाकोटीका पिताजी र उहाँको परिवार, प्रहरी र सुनखानीका मण्डलेहरू, अँधेरी खोलाको चिप्लो बाटो, चैतको झरी र भन्दाइको आतिथ्य आजसम्म मेरो मानसपटबाट कहिल्यै ओझेल हुन सकेको छैन । झण्डै दुई दशक र चार वर्ष बितिसकेछ, तर सैयौं हजारौं मानिसहरूले यस्तै र यीभन्दा बढ्तै मर्मस्पर्शी कष्ट–कहरहरू बेहोरेर ल्याएको प्रजातन्त्र र त्यसपछिको पनि लोकतन्त्रको वर्तमान विद्रूप रुप देख्नु पर्दा कस्तो अनुभूति भइरहेछ होला कठै ¹
कलङ्की, काठमाडौँ
[email protected]