ऋषि धमला अभिनन्दित

590 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 धादिङ २९ असोज,। रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई गृहजिल्ला धादिङमा सार्वजनिक अभिनन्दन गरिएको छ । धादिङ ज्यामरुङ आपटारीमा रहेको कुमारीदेवी माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक स्तर सुधार, भैतिक निर्माणमा पुर्याएको योगदानको सम्मान गर्दै धमलालाई सार्वजनिक अभिनन्दन गरेको हो ।

मंगलबार विद्यालयमा आयोजित दशैको सुभकामना आदान प्रदान कार्यक्रममा धमलालाई जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी, विद्यालय ब्यवस्थापना समितिका अध्यक्ष खिलेन्द्र प्रसाद तिम्सिना र प्रधानाध्यापक श्यामप्रसाद धरेलले संयूक्त रुपमा अभिनन्दन गरेका हुन् ।

सो अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई धमलाले पुरस्कार समेत प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले नेपालको शैक्षिक क्षेत्र चरम राजनीतिकरणका कारण तहस नहस बन्न पुगेको भन्दै शैक्षिक क्षेत्रलाई राजनीति मुक्त क्षेत्र बनाउनु पर्ने धारणा राख्नुभयो ।

धमलाले कम्तिमा पनि उच्चमाध्यमिक तहसम्म शैक्षिक क्षेत्रमा राजनीति पस्नै दिन नहुने भन्दै सरकारी शैक्षिक संस्थाको शैक्षिक गुणस्तर खस्किनुको कारण राजनीति नै भएको दावी गरे । धमलाले भने-सरकारी शिक्षा गुणस्तरीय नबनाएसम्म नेपालको शैक्षिक अवस्थामा सुधार आउँदैन । त्यसैले त्यसलाई राजनीति मुक्त बनाउनै पर्छ ।