स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले जिल्लामा पनि सूचना प्रवाह गर्ने

614 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सीताराम अधिकारी

धादिङ , ०७० कात्तिक ८ । संविधानसभा निर्वाचनलाई संविधानसभा निर्वाचनलाई स्वच्छ गराउन नागरिक तवरबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नका लागि स्वच्छ निर्वाचन नागरिक अभियान धादिङ कात्तिक ८ गते गठन गरिएको छ ।

               जिल्लामा हुने आचारसंििहता उल्लंघनका घटनाहरुका बारेमा जिल्ला तहमा पनि सूचनाहरु प्रवाह गरि सरोकारवालाहरुलाई सचेत गराउने छ ।

          जिल्लामा निर्वाचनसम्बन्धी विभिन्न राजनीतिक दलहरुले गतिविधि गरिरहेकोले नागरिकहरुको तवरबाट उनिहरुको गतिविधिलाई पर्यवेक्षण गरि स्वच्छ निर्वचनका लागि दल र सम्बन्धीत निकायलाई सूझव दिनका लागि अभियान सुरु गरिएको हो ।

            इन्सेक प्रतिनिधि सीताराम अधिकारीको संयोजकत्वमा २५ सदसिय जिल्ला स्तरिय स्वच्छ निर्वाचनका लागि नागरिक अभियान गठन गरिएको छ । यसैगरि अधिकारीकै संयोजकत्वमा जिल्ला सचिवालय समेत गठन गरिएको छ । सचिवालय सदस्यहरुमा दामोदर अर्याल, श्याबहादुर मगराती, गायत्री खतिवडा, उषा अमगाई रहेका छन् ।

              अभियानले सरोकारवाला दलहरुको सहभागितामा जिल्लामा स्वच्छ निर्वाचनका लागि अभियान कार्यक्रम संचालन गर्ने र जिल्लाभर हुने निर्वाचन आचारसंहिता उल्लंंघनका घटनाहरु संकलन गरि सार्वजनिक गर्ने अभियानका सदस्य मगरातीले जानकारीदिए ।

                 अभियानले कात्तिक १३ गते बिहान सारेकारवालाहरुसंग वृहत रेडियो छलफल कार्यक्रम सञ्चलान गर्नेछ । हरेक दिन हुने निर्वाचन आचारसंििहतासम्बन्धी घटनाहरु एकिकृत गरि सार्वजनिक गर्ने कर्य अभियानले लगातार गर्ने र मतदाता शिक्षा कार्यहरु गर्ने छ ।