मैदीका बलबहादुर श्रेष्ठको सम्झनामा स्मृत्तिग्रन्थ

522 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मैदी-धादिङको मैदीका बलबहादुर श्रेष्ठको सम्झनामा प्रकाशित बलबहादुर श्रेष्ठ स्मृति ग्रन्थ शनिबार विमोचन गरिएको छ । नेपाली काङ्ग्रेसको राजनीतिसंगै सामाजिक क्षेत्रमा अगाडि बढ्दै गर्दा बलबहादुरको ७३ वर्षको उमेरमा २०६८ साल चैत ५ गते निधन भएको थियो । DSC07599
बलबहादुरको सम्झनामा बलबहादुर–कमला श्रेष्ठ सामाजिक सेवा विकास गुठी मैदीले प्रकाशन गरेको स्मृति ग्रन्थको शनिवार मैदीमा एक समारोहको आयोजना गरी विमोचन गरिएको हो ।
मैदीबासीहरुका लागि मात्र नभई जिल्ला र केन्द्रमा समेत परिचित बलबहादुरको सम्झनामा एक सय ४४ पृष्ट लामो स्मृति ग्रन्थ निकालिएको प्रकाशन समितिका संयोजक कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । दुई पटकसम्म प्रधानपञ्चको कार्यभार सम्हालेका बलबहादुरले २०४६ सालको राजनीतिक परिवर्तनपछि गाविस अध्यक्षमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्दा मैदीको विकास निर्माण र मैदीबासीको हरेक खालका समस्या सल्टाउने क्रममा नै उहाँको निधन भएको जानकारी गराउँदै उहाँले यतिवेला मैदीमा बलबहादुरको आवश्यकता खड्किएको धारणा राख्नुभएको थियो ।
बलबहादुरले राजनीतिमा लागेका अन्य व्यक्तिहरुलाई पनि विकास प्रेम र समाजवेसाको दायरा सिएको सम्झदै नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश धमलाले बलबहादुरले सुरु गरेको काम अब मैदीबासीले पुरा गर्न आवश्यक रहेको बताउनुभएको थियो । कार्यक्रममा बलबहादुरका छोरा राजकुमार श्रेष्ठले बुबाको मृत्यु पछि काजकिरियामा आउने शुभचिन्तकहरुले मात्रै बुबाले गरेको कामको सम्झाइदिएको भन्दै बुबाको सोचलाई साकार पार्न बलबहादुर–कमला सामाजिक विकास कोष स्थापना गरी विभिन्न पुरस्कारहरुको घोषणा गरिएको जानकारी दिनुचयो ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति र संघसस्थाहरुलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको छ । स्मृति ग्न्थ प्रकाशनमा योगदान पु¥याउने गोपाली तिवारी, शालिकराम तिवारी, शंकर श्रेष्ठ, बलबहादुर सामारी, नारायणलाल श्रेष्ठलाई प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै मैदी स्वास्थ्य चौकी, जगतज्योती सामुदायिक विकास समाज मैदी, मिडिया क्याफे काठमाण्डौ, माइट्रिप एड्भेन्चरलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

त्यस्तै बलबहादुरको संझनामा स्थापना गरिएको बलबहादुर–कमला सामाजिक विकास कोष मार्फत सस्कृत तथा साधारण उच्च माविबाट प्रवेशिका परिक्षामा सर्बोत्कृष्ट हुने रञ्जित श्रेष्ठ, कक्षा १२ मा सर्बोत्कृष्ट हुने सर्मिला भारती र कालिका काप्राभञ्ज्याङ निमाविमा कक्षा ८ का विष्णु पुरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बलबहादुरकी श्रीमती कमला श्रेष्ठ, विभिन्न राजनीतिक दका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, बुद्धिजिवीका साथै बलबहादुरका सहपाठीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले बलबहादुरले गरेका कामहरुको बारेमा प्रशंसा गरेका थिए ।
मैदी गाउँ विकास समिति वडा नम्बर ८ द्धारथोकमा १९९५ सालमा जन्मिएका बलबहादुरले २०२४ सालमा गाउँ पञ्चायत सचिव जित्नुभएको थियो । त्यस्तै २०३३ सालमा मैदी अतिरिक्त हुलाकमा जागिरे हुँँदै गर्दा २०३८ सालमा प्रधानपञ्च जिरेर ८ वर्षसम्म प्रधानपञ्चमा नै रहि सामाजिक काममा तल्लिन देखिएका बलबहादुरले २०४९ सालदेखि २०५४ सालसम्म गाविस अध्यक्ष चलाएर जनताको सेवा गर्नभएको थियो ।