हृदयघातले डाक्टरको मृत्यु

507 पटक पढिएको

सम्पादक: Dhadingnews.com

dr-bharat-Thapa नौविसे–वीर अस्पताल आकस्मिक विभागमा कार्यरत चिकित्सक डा. भरत थापाको हृदयाघातका कारण मृत्यु भएको छ । एमडिजिपी पढेका थापा ५ बर्षदेखिदेखि बीर अस्पतालको आकस्मिक विभागमा कार्यरत थिए ।

स्थायी घर गोरखा भएका थापाले गोरखाको आँपपिपलस्थित मिसन अस्पताल र इलाम अस्पतालको प्रमुखको रुपमा समेत काम गरेका थिए । तनहुँको डुम्रेमा क्लिनिक खोलेर उनले स्थानीय र आसपासका जिल्लाका विरामीहरुलाई पनि सेवा दिदै आएका थिए ।

तनहुँ जाँदै गर्दा शनिबार विहान साढे ५ बजे धादिङको नौविसेमा डा. थापाको मृत्यु भएको हो ।