धादिङबेसीमा ल्होसारको रौनक

500 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, १५ पुस – तमु ल्होसार को अबसरमा धादिङ जिल्लामा रहेका गुरुङ समुदायले धादिङबेसीमा बिबिध साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाएका छन् ।
गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ बर्षको सुरुवात मान्दछन् । यो समुदायको धार्मिक मान्यता अनुसार सर्प बर्ष सकिएर घोडा बर्ष सुरु भएको छ । तमु हियुल छोंज धीं जिल्ला कार्य समिती धादिङको आयोजनामा धादिङ्बेसीको नीलकण्ठ उच्च मा वि परिसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा साँस्कृतिक झलकहरुका साथै गुरुङ समुदायको भेषभूषा र नृत्य प्रदर्शनी भएको थियो ।SAM_0618
गुरुङ्ग समुदायका पुरुषहरु टोपी, भोटोमाथी भाङ्ग्रो र कछाडसँगै पटुकी बाँधेर साँस्कृतिक कार्यक्रममा सहभागि थिए भने महिलाहरु शिरबन्दी, मखमली चोली, पटुकी, छिट्को गुन्यु जस्ता मौलिक भेषभुषामा थिए । नयाँ युवापुस्ता पनि आफ्नो मौलिक भेषभुषामा सजिएका थिए । अवलोकन गर्नका लागि अन्य समुदायका मानिसहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा गुरुङ राष्ट्रिय परिषदका प्रथम उपाध्यक्ष कर्णा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।