खाल्टेमा प्रर्यटन विकास अवसर र चुनौति बिषयक अन्तरक्रिया

733 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/खाल्टेमा प्रर्यटन विकास अवसर र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । खाल्टगाउँ विकास समितिका सचिव विर बहादुर डुवाडीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पोखे्रलको प्रमुअ आतिथ्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थानीय विकास अधिकारी राजनैतिक दलका जिल्ला स्तरीय नेता,बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु,गैर सरकारी संस्था महासंघका अध्यक्ष र स्थानीय बुद्धिजिवीहरु समेत ४५ जनाको उपस्थितिमा शंखादेवी माध्यमिक बिद्यालयको हलमा सम्पन्न भएको हो ।

प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पोख्रेलले पर्यटन विकासको लागि जिल्लाको प्रर्यटन सम्बन्धि गुरु योजना निर्माण हुने पर्ने,प्रर्यटकहरुको लागि स्थानीय भेषभुषा सहितको मौलिक सास्कृतिक,खानपान र पाउनाहरुको सगत तथा सरसफाई र प्रचार प्रसारमा ध्यान दिन आयोजकहरुलाई सुझाव दिन भयो ।
यसै गरी स्थानीय विकास अधिकारी रमेश न्यौपानेले होम स्टे संचालन गर्नु पूर्व व्यवस्थापकिय पक्ष र नक्शा सहितको प्रचार सामाग्रीहरु बितरण गर्ने,व्यवस्थापनमा सक्रियता र एकता तथा खाल्टेको प्राकृतिक सौन्र्दय,सास्कृतिक तथा स्थानीय उत्पादनका बारेमा ध्यान पु¥याउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा स्थानीय विकास अधिकारीले जिल्लामा प्रर्यटन समिति गठनको तयारी अन्तिम चरणमा रहेको र समिति बनेपछि प्रर्यटन सम्बन्धि कार्यक्रम अगाडि बढाउन सजिलो हुने र प्रर्यटन विकासका कामले गति लिने बताउनु भयो ।
खाल्लेमा प्रर्यटन विकास अवसर र चुनौति बिषयक अन्तरक्रियामा नेकपा एमालेका जिल्ला अध्यक्ष खेम लोहनी,नेपाली कांग्रेसका उप सभापति नन्द प्रसाद रिजाल,गैर सरकारी संस्था महासंघका अध्यक्ष दामोदर अर्याल लगायतले खाल्लेमा प्रर्यटन विकासका लागि स्थानीय स्तरमा उत्पादन गर्न सकिने हस्तकालाका सामाग्रीहरु उत्पादन,रोदीघर संचालन,अर्गानिक उत्पादन,खाल्टेमा रहेको धार्मिक तथा प्राकृतिक स्थलहरुको संरक्षण र प्रचार प्रसार गर्नु पर्ने बताउनु भएको खाल्टेलाई प्रर्यटकीय गाउँको विकासका लागि क्रियासिल स्थानीय शेर बहादुर गुरुङले जानकारी दिनु भयो । कार्यक्रममा भू संरक्षण कार्यलय प्रमुख राजु सापकोटा,कृषि विकास बैकका प्रबन्धक बासु अधिकारी, र स्थानीय राजनैतिक दलका प्रमुख एवं स्थानीय अगुवाहरुको सहभागीता रहेको थियो ।