छेची पर्व व्यवस्थापन समिति गठन

637 पटक पढिएको

सम्पादक: Dhadingnews.com

दार्खा -परम्परादेखि चलि आएको छेची पर्वलाई व्यवस्थित बनाउन एक समिति गठन गरएिको छ । यहि पौष १८ गते दार्खा गाविस वडा नं ३ मा पूर्व वडाध्यक्ष कलबहादुर तामाङको अध्यक्षतामा बसेको गाउँसभाले अग्रज समाजसेवी छेजु तामाङलाई सर्वसम्मतीले संयोजक तोकेको हो । यस बषको छेची पर्व अबको माघ ९ देखि १३ गतेसम्म दार्खा गाविस वडा नं ३ को म्हनेगङमा गरिने तय भएको छ । समितिका उपाध्यक्षहरू कलबहादुर तामाङ र सुन्दर तामाङ, कोषाध्यक्षहरू बमबहादुर तामाङ र गंगलाल तामाङ, सचिवमा चोकबहादुर घले सहित १०१ सदस्यीय छेची व्यवस्थापन समिति गठन गरेको छ ।
बैठकले चेमा संयोजक चिरन तामाङ, व्यवस्थापन संयोजक जम्नारोङ तामाङ, प्रचारप्रसार संयोजक गोपाल फ्युबा तामाङ चयन गरेको छ । थप उपसमिति गठनको लागि आगामी पौष २७ गते पुनः बैठक बस्ने तय गरेको छ ।