३७ नातीनातिनाका धनी भक्तबहादुर चेपाङ
657 पटक पढिएको
श्याङ्मैडांडा (धादिङ), भीरको वस्ती, त्यही भीरमा सानो घर । घरका वरिपरी खेलरहेका थिए केटाकेटी, हसिलो अनुहारमा घरमा बसिरहेका थिए उमेरले ७० वर्ष लागेका भक्त बहादुर चेपाङ र उनीकी श्रीमति भक्तकुमारी । उनीहरुका १९ जना नातिनी र १८ जना नाती छन् । जन्मिएका सवै हुर्कदै गरेकोमा खुशि छन् ।उनी भन्दै थिए ४ महिना जतिमा ३ जना थपिन्छन् । ८ भाई छोरा र ९ बुहारी छन् उनीहरुबाट ३७ जना नातीनातिना भईसकेकाछन् । उनलाई ८ जना छोरा हुर्काउन जति गाह्रो भएको थियो त्यस भन्दा बढी गाह्रो नातीनातिना हुर्काउन भएको छ । सवै छोराहरुको परिवारहरु वेग्लावेग्लै वसेपनि उनीलाई खाना खाने वेला नातीनातिनाले घेरीहाल्छन् । धेरै जसो वेला भेटभरि खानपनि पाउंदैन भक्त बहादुर दम्पतीले ।
सम्पतीका नाममा पिडा गाविस वडा नं. ६ तल्लो श्याङ्मैडांडा भीरमा २३ रापनी वारी । वारीमा फलेको मकैले दशै मान्न पनि धौधौ हुन्छ । कादोले मंसिर महिना पनि धान्दैन उनीहरुलाई । सवै छोराहरु वेग्लावेग्लै वसेकाले सवैलाई कसरी खुवाउने चिन्ता छैन तर कसरी खालान भन्ने चिन्ता उत्तिकैछ उनलाई । सवैको छोराहरुको घरमा १ वटा ग्रागी, १ वटा लोटा, जना गन्ती थालकचौरा र २ वटा कन्ती होला । ओड्नेओछ्याउने र लगाउने त हुने खानेले मात्र हो भन्छन् भक्त बहादुर । चेपाङ भएर पनि जंगली कन्दमूलबाट टाढां भईसक्यौ । ज्यालामजदुरी गरेर खान्छौ । काम नपाए सांझ भोकै बस्नुपर्दछ । चेतना नभएका कारण धेरै वच्चा जन्मिए जीनतिन हुर्काए । नातिनातीना हुर्काउन गाह्रो भयो । जेठो छोराबाट ५ नाती र १ नातिनी, माईलोबाट ३ नाती र २ नातिनी, साइृलोबाट २ नाती र २ नातिनी, काईलोबाट २ नाती र २ नातिनी, ठाइलोबाट १ नाती र ४ नातिनी, ठुलो कान्छोबाट १ नाती र ३ नातिनी, सानो कान्छोबाट २ नाती र १ नातिनी जेठीको छोराबाट २ नाती र २ नातिनी भईसकेकाछन् । अधिंया गरेर पनि काम छैन वाली पाक्न ५ महिना लाग्छ । सवै भन्दा सजिलो ज्याला गर्नै हो तर काम पनि वल लगाउनु पर्ने मात्र गर्नु पर्दछ सीप छैन । भक्त कुमारीले सिस्नो खाएको र कयौ दिन भोकभोकै पेट कसेर बसेको सम्झदै भनिन् गरिवकुरुवालाई हेर्ने कोही छैनन । पानी पनि तिर्खाएको वेला खान पाईदैन । गांउ भरीमा एउटा मुहान छ । त्यसबाटै ५५ घरले पानी लिनु पर्दछ । सवैको घरमा एउटा मात्र गाग्री वा ग्यालिन हुन्छ । गर्मीको वेला राती १० वजेसम्म पानी पाइन्न । अहिले गांउमा स्कुल खुलेको भएर दिन भरी नातीनातिना स्कुल जान्छन् बहारीहरुले काम गर्न पांउछन । २ भाई छोरा परिवार सहित चितवनमा बस्दै आएकाछन्, उनीहरु दशैमा मात्रै आंउछन् ।

कारोबार डेली अनलाईनबाट