रुखबाट खसेर युवकको मृत्यु

543 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस २० – धादिङको महादेवस्थान गाविस ३ ब्रुङदीमा रुखबाट खसेर एक युवकको ज्यान गएको छ ।

घर नजिकै वारीको डिलमा रुखमा चढेर घाँस काट्ने क्रममा चिप्लिएर लड्दा ३० बर्षका जीवनसिंह तामाङको ज्यान गएको हो ।

घरमुलीको ज्यान गएपछि कमजोर आर्थिक अवस्थाको तामाङ परिवारमा दुई छोराछोरी र अरु सदस्यको विचल्ली भएको स्थानीय सुनबहादुर तामाङले बताउनुभयो ।