धादिङमा दुई शव भेटियो,हत्याको आशंका

510 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, २१ पुस – जिल्ला प्रहरी कार्यालय धादिङले दुई गाविसमा हत्या गरिएको आंशकाका दुई शव फेला पारेको छ ।
दार्खा गाविस ६ का २२ वर्षीय गंगालाल तामाङको शनिबार राति सत्यदेवी गाविस ३ स्थित ब्रोगुखेतमा फेला परेको शवलाई प्रहरीले पोष्टमार्टमको लागि अहिले सदरमुकाम ल्याएको प्रहरी नायब उपरीक्षक अशोक सिंहले जानकारी दिए । शनिबार साँझ शव भेटिएका गंगालालको हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
उनीसँगै रहेका १९  वर्षीय समि वि.क सामान्य घाइते भएको सिंहले जानकारी दिए । बाटो निर्माण सम्बन्धित विवाद भएपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ प्रहरीले जनाएका छन् ।
त्यस्तै प्रहरीले करिब डेढ महिना अघि कुटपिट गरी बेपत्ता पारिएका फुलखर्क गाविस फलाङगेका ४० वर्षीय नौवा तामाङको आइतबार बिहान फुलखर्क ५ माङपाङ खोलामा शव फेला पारेको छ । नौवालाई कुटपिट गरी अपरण गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा यसअघि नै मुद्धा दर्ता भएर अनुसन्धान भई रहेको थियो ।