दुरदर्शिता सम्बन्धी सामाजिक लेखाजोखा

678 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- अपाङगता ब्यबस्थापनमा दुरदर्शिता सम्बन्धी सामाजिक लेखाजोखा कार्यक्रम शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । सि.आर.सि परियोजना धादिङ र अपाङगता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाद्धारा सञ्चालन गरिएको परियोजना पारदर्शिता  परिकल्पना परिपूर्तिका लागि अपाङगता भएका बालबालिका र उनीहरुको परिवारलाई गुणात्मक उपचार गर्ने उद्धेश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा अपाङगता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाका कार्यकारी निर्देशक कृष्णप्रसाद भट्टराइ, सि.आर.सि परियोजना धादिङका लेखनाथ आचार्य, सि.आर.सि परियोजना ब्यबस्थापक हिरा के.सी.ले संस्थाको परिचय, संस्थाले गरेको क्रियाकलापहरु, परियोजनाको रणनीतिहरु, प्राथमिकतामा तालमेल, सामाजिक सहभागिता भनेको के हो ?, विद्यामान चुनौतिहरु, संस्थाले गर्दै आइरहेको गतिविधिहरु, संस्थाको बार्षिक प्रगति समिक्षाको बारेमा सहभागिहरुलाई सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा बोल्नु हुँदै आचार्यले धादिङ, चितवन र मकवानपुरमा गरी जम्मा १ हजार ४ सय ३८ जना शारीरिक रुपले अपाङगता भएका बालबालिकाहरुको उपचार गरी सकेको र त्यसमा सबै भन्दा बढी धादिङ जिल्लामा ५ सय ६० जना रहेको सि.आर.सि परियोजना धादिङका लेखनाथ आचार्य जानकारी दिनु भयो ।
कार्यक्रममा अपाङगता बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र बनेपाका कार्यकारी निर्देशक कृष्णप्रसाद भट्टराई, जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख मोहम्मद दाउद जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्याल, महिला तथा बालबालिका कार्यालय धादिङका प्रमुख भूला भण्डारी, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, विभिन्न गाविसका शारिरीक रुपले अपाङगता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।