दि राइजिङ भिलेज आवासीय उच्च माविमा तोडफोड

631 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, पुस २६ – धादिङको बैरेनीमा रहेको दि राइजिङ भिलेज आवासीय उच्च माविमा विहीबारराति तोडफोड र आगजनी भएको छ ।

रातको सयममा विद्यालयको पछाडीको ढोका फोडेर कार्यालय कोठा भित्र पसेको नचिनेका मान्छेको समूहले ६ वटा दराज फुटाउनुका साथै विद्यालय प्रसाशनका महत्वपूर्ण कागजपत्र समेत जलाएको छ ।

आगजनीबाट विद्यालयमा २ लाख भन्दा बढीको क्षति छ ।

शुक्रवार विहान ६ बजेतिर विद्यालय पुगेका शिक्षक र कर्मचारीले आगजनी र तोडफोड भएको थाहा पाएको विद्यालयका प्रिन्सिपल नवराज ओझाले बताउनुभयो । विद्यालयमा रहेका महत्वपूर्ण कागजपत्र जलाइएका कारण ति कागजपत्र तयार पार्न निकै कठिनाइ हुने उहाँले बताउनुभयो ।

विद्यालय पृथ्वीराजमार्गको छेवमै रहेको छ भने वैरेनी प्रहरी चौकीबाट २ सय मिटर पर रहेको छ । घटना रातको समयमा भएकाले कसले गराएको हो खुल्न नसकेको विद्यालयले जनाएको छ ।