राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव हुने

613 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२६ पुस ः आगामी फागुन १७ गते देखि २५ गते सम्म धादिङको गलौंदीमा राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सव हुने भएको छ । शुक्रवार धादिङबेसीमा सम्पन्न धादिङ उद्योग वाणिज्य संघको २० औं साधारण सभाले जिल्लाको पिडा गाविसको गलौंदी स्थित त्रिशूली नदी किनारमा राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सवको आयोजना गर्ने प्रस्ताव पारित गरेको हो ।
त्रिशूली नदीमा बढ्दै गएको अतिक्रमण तथा प्रदुषण नियन्त्रण गरी धादिङ जिल्लालाई पर्यटकिय गन्तत्व्यका रुपमा विकास गर्न राष्ट्रिय ¥याफ्टिङ तथा धादिङ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले वताएका छन । महोत्सवका लागि ४२ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । ¥याफ्टिङ व्यवसायीहरुका अनुसार त्रिशूली नदी बर्षभरीनै जलयात्राका लागि उपयुक्त मानिएको नेपालको एक मात्र नदी भएकाले महोत्सवको माध्यमवाट देश विदेशमा त्रिशूली नदीको प्रचार प्रसार गरिने वताईएको छ ।