धादिङका सभासदलाई सेतो टीका र पगरी

882 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

 

धादिङ- धादिङ जिल्लावाट संंविधान सभा सदस्यमा निर्वाचित एवम समानुपातिक तर्फवाट मनोनित चार जना सभासदलाई सोमवार धादिङबेसीमा सम्मान गरेका छन । DSC02681
नेपाल मगर संघ र लाङघाली बहुउद्धेश्यिय सहकारी संस्था धादिङको आयोजनामा सोमवार धादिङबेसीमा आयोजित माघी पर्व तथा कौरा नाच प्रतियोगितामा जिल्लाका चार जना सभासदलाई सम्मान गरिएको हो ।सम्मानित हुने सभासदहरुमा गंगालाल तुलाधर,गुरुप्रसाद बुर्लाकोटी,धनवहादुर घले र दिलमान पाख्रिन रहेका छन । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पुर्व शिक्षा मन्त्री तुलाधर धादिङका समानुपातिक सभासद हुन भने वुर्लाकोटी क्षेत्र नम्बर २ वाट र घले क्षेत्र नम्बर १ वाट निर्वाचित सभासद हुन । यसैगरी पाख्रिन नेपाली कांग्रेसवाट समानुपातिकमा मनोनित सभासद हुन । नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष चित्रवहादुर लुङगेली,केन्द्रिय सदस्य हरीपाटा मगर तथा जिल्ला अध्यक्ष एकु थापा मगर लगायतले सभासदहरुलाई चामलको सेतो टिका र टाउकोमा सेतो फेटा लगाईदिएर सम्मान गरेका थिए ।
जिल्लावाट संविधान सभामा प्रतिनिधित्व गर्ने सभासदको संख्या ७ भएपनि कार्यक्रममा धादिङ क्षेत्र नम्बर ३ वाट निर्वाचित राजेन्द्र पाण्डे तथा समानुपातिक तर्फका सभासदद्धय रविन्द्रप्रताप शाह र परशुराम तामाङ भने अनुपस्थित रहेका थिए ।शाह एकीकृत नेकपा माओवादी र तामाङ राप्रपावाट समानुपातिकका सभासद हुन । सम्मान पछि सभासदहरु मगर समुदायका अगुवा संगै छमछमी नाचेर खुसी व्यक्त गरेका थिए ।