खानीखोलामा मंगलवार चित्रकला कार्यक्रम

881 पटक पढिएको

सम्पादक: Dhadingnews.com

खानीखोला -मछिन्द्र उच्च माध्यामिक विद्यालय नौविसे खानीखोलामा मंगलवार चित्रकला कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाहरुले शसस्त्र द्धन्द्धको समयदेखी हालसम्म बेपत्ता व्यक्तिका परिवारहरुको अवस्था र उनिहरुले भोग्नुपरेको समस्याहरुलाई चित्रमा उतारेका थिए ।
IMG_0134 IMG_0130मछिन्द्र उच्च माध्यामिक विद्यालयको आयोजना एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ –हातेमालो कार्यक्रमको सहयोगमा सम्पन्न भएको कार्यक्रममा विभिन्न विद्यालयका २३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रधानाध्यापक गोपाल प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बेपत्ता व्यक्तिका छोराछोरी सहित विभिन्न ८ विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ(हातेमालो कार्यक्रम)का टिम लिडर सुजन रेग्मीले कार्यक्रमको उदेश्य र विषय वस्तु माथी प्रकाश पार्नुभएको थियो । सहभागीहरुले डेढ घण्टा लगाएर बनाएको चित्र लाई डोरी टाँगेर करीब ३०० विद्यार्थी माझ पर्दशन गरिएको थियो ।
“द्धन्द्ध तथा द्धन्द्धपछिको बस्तुपरक र यर्थापरक अवस्था चित्रमा देखें” कक्षा १० मा अध्ययनरत छात्राले भनिन “घाम पानी नभनी काम गर्नुपरेको,घरमुली नहुँदा गरीबीले गिट्टी कुट्नुपरेको अवस्था चित्रमा देख्दा एकदमै मन छोयो ”
कोही कोही बेला खेलकुदका कार्यक्रम मात्रै गर्ने गरेको एक शिक्षकले बताएका छन ।“विद्यार्थीहरुलाई, हामीले जतिबेला पनि किताब मात्रै रटायौं” अतिरिक्त क्रियाकलाप संयोजक गोवर्दन गोदार थापा ले भने,“बालबालिकाहरु मा त अद्भुत प्रतिभा रहेछ, पढाई र अतिरिक्त क्रियाकलाप एक अर्काका परिपुरक भनेर मैले पनि बुझ्न सकेको रहेनछु” ।
नेपाल रेडक्रस सोसाईटी धादिङले अन्तराष्ट्रिय रेडक्रस संग मिलेर गत जेष्ठ देखी बेपत्ता व्यक्तिका परिवारहरुलाई मनोसामाजिक सहयोग गर्ने उदेश्यले हातेमालो कार्यक्रम संचालन गरिरहेको छ ।