मध्यमाञ्चल क्षेत्रिय तेक्वान्दोमा आठ खेलाडी छानिए

784 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । धादिङमा शनिवार सम्पन्न भएको मध्यमाञ्चल क्षेत्रिय तेक्वान्दो प्रतियोगिताको फाईनल खेलबाट ८ जना खेलाडी प्रथम लुम्बिनी कप च्याम्पियन तेक्वान्दो प्रतियोगिताको लागी छनौट भएका छन् । IMG_9579
छनौट भएका मध्य फरक फरक तौलका पाँच महिला र तिन पुरुष खेलाडीहरु रहेका छन् । हिजोदेखी सुरु भएको सो खेलमा मध्यमाञ्चलका १९ जिल्लाका १ सय २५ महिला सहित ३सय खेलाडी सहभागी भएका थिए । नेपाल तेक्वान्दो संघ र जिल्ला खेलकुद विकास समिति धादिङले प्रतियोगिताको आयोजना गरेको हो । शनिवार भएको फाईनल गोल्ड मेडल प्राप्त गर्ने खेलाडीहरुमा पुरुष तर्फ ६८किलो समुहको पर्साका महमद ओईस,५८किलो मुनीको सिन्धुपाल्चोकका मिकमार लामा,८७किलो समुहका ललितपुरका अस्मीन महर्जन रहेका छन । यसै गरी महिला तर्फ ६७ केजी मुनीका ललितपुरका मुना तामाङ्ग ५७ केजी तर्फ भक्तपुरका नम्रता तुलाधर, ६२किलो तर्फ मकवानपुरका सावित्रा गुरुङ्ग ४६ किलो तर्फ काठमाण्डौका काजल श्रोष्ठ र ५३ किलोका तर्फ काभे्रका जेनिसा श्रेष्ठ रहेका छन् ।

cheap software downloads

765qwerty765