मेलाको चौथो दिन करिव १५ हजार दर्शकले मेला अवलोकन गरे

557 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ-धादिङ सदरमुकाम धादिङबेसीमा जारी बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा दर्शक र कारोबारी बढ्दै गएको छ । मेलाको चौथो दिन करिव १५ हजार दर्शकले मेला अवलोकन गरेका छन् । मेलाको तीन दिनमा करिव २ करोड ५० लाखको कारोबार भएको छ ।SAM_0375.tif
मेला आयोजक उद्योग वाणिज्य संघका धादिङका महासचिव लोकनाथ डल्लाकोटीका अनुसार स्टलहरूमा राखिएका सेवा तथा वस्तुबारे जानकारी लिने दर्शकको संख्या पनि उल्लेख्य रह्यो ।