धादिङ मेलामा भिडसंगै बढ्यो कारोबार

608 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१९ माघ-  व्यापारिक संस्थाहरुले आयोजना गर्ने मेला उत्सव र महोत्सवको एउटै मात्र लक्ष्य हुन्छ आर्थिक कारोवारमा सुधार ल्याउने । त्यसैले हरेक मेलाहरुमा अवसरको खोजी हुने गर्दछ । धादिङबेसीमा जारी रहेको बृहत कृषि पर्यटन तथा औद्योगिक व्यापार मेलामा बढ्दै गएको भिडलाई लक्षित गर्दै आयआर्जन गर्नेहरुलाई मेला राम्रो अवसर वन्न पुगेको छ । SAM_0241
माघ १५ गते देखि शुरु भएको मेला माघ २३ गते सम्म जारी रहनेछ ।  मेलामा दर्शकहरुको भिड वढ्दै गएका कारण दुग्धजन्य परिकार बिक्री गर्नेस्टलहरुमा पालोपर्खेर आंफुलाई मन परेको खानेकुरा खानेहरुको दिभरीनै लाइन लाग्ने गरेको छ । धादिङ मेलामा धादिङ ,जयसन्तोषी,पशुपती,भल्टार र महांकाल डेरीले दुध,दही,खुवा,लस्सी,पनिर,घ्यु,बटर जस्ता दुग्धजन्य उत्पादनहरु बिक्री गर्दैआईरहेका छन । धादिङ जिल्लामा १० बर्ष देखि व्यवसायिक रुपमा दुग्धजन्य उत्पादनहरु बिक्री गर्दै आईरहेको महांकाल डेरीका संचालक इश्वरीप्रसाद धितालका अनुसार मेलामा दैनिक ६० लिटरको खुवा,१०० लिटर दही,५० लिटरको मिठाई र ५० लिटरको दुध सजिलैसंग बिक्री हुने गरेको छ । मेलामा रहेका अन्य दुग्धजन्य परिकार बिक्री गर्ने स्टलमा पनि कारोवार सन्तोषजनक रहेको संचालकहरुको भनाई छ ।
मेलास्थल भित्र रहेका रेष्टुरेन्टहरुमा पनि दिनभरीनै ग्राहकहरुको भिड     लाग्ने गरेको छ ।  मेलाको लागि भनेर एक दर्जनभन्दा बढी रेष्टुरेण्ट संचालन गएिका छन । मेलामा खानेकुराको साथै जुत्ता, चप्पल, घरायसी सामाग्री,हस्तकला, भादगाउंले टोपी,मिनरल वाटर लगायतको व्यापार पनि राम्रो रहेको व्यवसायीहरु वताउंछन । एक लाख दर्शकलाई मेलास्थल प्रवेश गराई करिव पांच करोडको कारोवार गर्ने लक्ष्य लिएको मेला आयोजक संस्था उद्योग वाणिज्य संघ धादिङका महासचिव लोकनाथ डल्लाकोटीका अनुसार अहिले सम्म ५५ हजार भन्दा बढीले मेला अवलोकन गरिसकेका छन भने करिव ३ करोडको कारोवार भईसकेको छ ।