नाराले मात्र मुलुक विकास हुदैन : वास्कोटा

520 पटक पढिएको

सम्पादक: Dhadingnews.com

नाराले मात्र मुलुक विकास बन्दैन : वास्कोटा
धादिङ- नाराले मात्र मुलुक विकास हुदैन भन्दै देश विकास गर्न असार महिनामा वजेट ल्याउनु पर्ने र जिल्ला जिल्लाकाट दिर्घकालिन महत्वका गुरु योजना तर्जुमा गरेर अघि बढ्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कृष्णहरी बांस्कोटाले धादिङवासीलाई आग्रह गरेका छन् ।

“कृषि उद्योग र पर्यटनको व्यापक सम्भावनाः सम्वृद्ध धादिङ हाम्रो परिकल्पना” मुख्य नारा लिएर शुरु भएको वृहत कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला २०७० का गोष्ठी तथा सेमिनार उपसमितिले आयोजना गरेको सम्वृद्ध धादिङ हाम्रो परिकल्पना कृषि उद्योग पर्यटन प्रर्वद्धन कार्याशालालाई सम्वोधन गर्दै देश बनाउन सरकारी विदा कटौती गर्नुका साथै महिलालाई शिक्षा र रोजगारीको अवसर दिनु पर्ने बताए ।

६ सय मेगावाटको जलासय युक्त बुढीगण्डकी आयोजना सञ्चालन, सहासिक जलयात्राको महत्व बोकेको त्रिशुली नदीलाई जलयात्रा मैत्री बातावरण तयार, राजमार्ग क्षेत्रलाई कृषि औद्योगिक क्षेत्र, ताजा तरकारी क्षेत्र विस्तार कृषक तथा वातावरण मैत्री कार्यक्रम सञ्चालन, ग्रामीण भेगमा कृषि पर्यटन तथा घरवास कार्यक्रम सञ्चालन, जिल्लामा सहकारी प्रर्वद्धन गर्न सहकारी तालिम केन्द्र सञ्चालन र व्यापार प्रवद्र्धदन गर्न चीन भारत जोड्न रसुवागढी गल्छी– मलेखु भण्डारा –ठोरी सडक निमार्ण गर्न सके मात्र धादिङलाई सम्वृद्ध हुने बताए ।

-कारोबार दैनिक बाट