बाबुराम र हिसिला धादिङ महोत्सवमा

597 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ,- धादिङबेसीमा जारी रहेको धादिङ महोत्सवको आठौं दिन एक्कासी एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराई दर्शकलाई अभिवादन गर्दै मञ्च वाहिर देखा परे ।DSC03597
महोत्सव अवधिभर कहिले हास्यकलाकार त कहिले गायक गायिका त कहिले नृत्यकारहरुको प्रस्तुती हेरेर मनोरञ्जन लिइरहेका धादिङ महोत्सवका हजारौं दर्शकहरु एक्कासी मञ्चमा पार्टीका शिर्ष नेतालाई देख्दा अचम्ममा परे । बाबुराम भट्टराई महोत्सवमा आउने कुनै संकेत नै नपाएका कतिपय दर्शकभने एक्कासी मञ्चमा बाबुरामलाई देखेपछि मनोरञ्जनबाट बिश्राम लिई भाषण सुन्नुपर्ने भन्दै चिन्तिक देखिएका थिए । कतिले भने अव भाषण सुन्न पाइने भो भन्ने अड्कल काटेका थिए ।
तर, जब बाबुरामले भाषण भन्दा पनि व्यङग्य गर्दै हिसिलालाई खोज्न थालेपछि भने दर्शकले अडकल काटिहाले , टेलिभिजनका पर्दामा देखिने गरेका नक्कली बाबुरामपो कार्यक्रममा आएका रहेछन भनेर । एमाओवादी नेता डा. बाबुराम भट्टराईको क्यारिकेचर गर्दै टेलिभिजनको पर्दामा देखिने गरेका कलाकार ज्योति काफ्लेले केही बेर धादिङका दर्शकलाई झुक्याएका थिए । उनलाई स्टेजमा साथ दिएकी थिइन्, हिसीला यमीको हाउभाउ र भेषमा देखिने कलाकार बिपना बस्नेतले ।
निर्वाचनपछि मुलुकको राजनितिमा देखिएको गतिविधिलाई समेटदै नक्कली वाबुराम र हिसिलाको जोडीले एमाले र कांग्रेसका नेताहरुलाई तिखो प्रहार गर्दै प्रस्तुति देखाएका थिए । हिसिलाले बाबुराम भट्टराईले प्रधानमन्त्री छाडेका कारण आंफु निर्वाचनमा पराजित हुनु परेको भन्दै काठमाण्डौं बस्न मन नलागेको बिषयमा क्यारिकेचर गर्दै दर्शकहरुलाई मनोरञ्जन दिने प्रयास गरेकी थिइन ।
साथै, बाबुराम नै प्रधानमन्त्री हुँदा पहिलोपटक सञ्चालन गरिएको ‘हेलो सरकार’लाई व्यङग्य गर्दै कलाकार काफ्ले र बस्नेतले ‘ जनताका प्रश्न’ सम्वन्धि प्रहसन चलाएका थिए । हेलो जनतामार्फत बाबुराम सरकारको पालामा भएको चर्को लोडसेडिङ, बढ्दो महंगी लगायतका बिषयमा काफ्लेले व्यङग्यात्मक जवाफ दिएका थिए ।
धादिङ महोत्सवको आठौं दिनसम्म करिव एक लाख दर्शकले मेला अवलोकन गरेका छन् भने ३ करोड बराबरको आर्थिक कारोबार भएको वताईएकोछ । महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै खानाका विभिन्न परिकार, दुग्धजन्य परिकार, कृषि उपज प्रर्दशनी, विभिन्न घरेलु तथा हस्तकला प्रदर्शनीहरु गरिएका छन् । DSC03585महोत्सवमा बुधबार गायक श्याम सितल,दिपक लिम्बु,मञ्जु महत लगायतले विभिन्न गीत पस्केका थिए ।