धार्मिक पर्यटन प्रवद्र्धनका लागि गल्छी दोभानमा महायज्ञ

720 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ- धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्न आर्थिक श्रोत जुटाउने उद्धेश्यले धादिङको गोगनपानी गाविस स्थित गल्छी दोभानमा रहेको छाङ्गेश्वर महादेव मन्दिरमा बिहीवार देखि श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ शुरु गरिएको छ ।kalsha yaatraa 7
बिहीवारवाट शुरु भएको महायज्ञ फागुन २ गते सम्म संचालन हुने महायज्ञ मुल आयोजक समितिले जनाएको छ । मुल आयोजक समितिका अध्यक्ष लक्ष्मणदास महर्जनका अनुसार त्रिशूली नदी र महेशखोलाको संगमस्थलमा रहेको छाङ्गेश्वर महादेव मन्दिर र यसक्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न महायज्ञको आयोजना गरिएको हो । महायज्ञमा बाचक वालतपस्वी पण्डित उत्तम भट्टले कथा वाचन गर्ने छन ।
जिल्लाको बैरेनी,गोगनपानी र कल्लेरी गाविसको बिचमा रहेको छाङ्गेश्वर महादेव मन्दिर र गल्छि दोभानमा केही समय यता धार्मिक महत्वका कार्यक्रमहरु संचालन हुंदै आईरहेका छन । महायज्ञ शुरु हुनुअघि मन्दिर वरिपरीका विभिन्न वस्तीवाट कलश यात्रा समेत निकालिएको थियो ।