रुखले च्यापेर ज्यान गयो

573 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,- काट्दै गरेको रुखले च्यापेर धादिङको महादेवस्थान गाविसको जरुङमा एक जनाको ज्यान गएको छ ।
जिल्लाको दक्षिणी भेगको बिकटमा रहेको महादेवस्थान गाविसको वडा नम्बर ८ जरुङका ४८ बर्षिय बिरवहादुर तामाङको बुधवार दिउंसो ४ वजे तिर आंफैले ढाल्न लागेको रुखले च्यापेर ज्यान गएको हो । घरको पाली वनाउनका लागि चाहिने काठको जोहो गर्न गाउं नजिकैको जंगलमा रुख काट्न गएका तामाङको आंफैले ढाल्दै गरेको रुखले च्यापेर ज्यान गएको स्थानीयवासीले वताएका छन ।
तामाङको मृत्यु भएपछि उनका १० बर्षिया एक मात्र छोरीको बिचल्ली भएको छ । मृतककी श्रीमती बुद्धिमाया थिङ दश महिना अघि बैदेशिक रोजगारीका लागि कुवेत गएकाले घरमा वाबु छोरी मात्र बस्दै आईरहेका थिए । मृतक बिरवहादुरको तामाङ संस्कार अनुसार आफन्तहरुले दाहसंस्कार गरेका छन । आमा वैदेशिक रोजगारीका लागि विदेशमा रहेको र वाबुको मृत्युपछि दश बर्षिया छोरीको बिचल्ली भएको स्थानीयवासी सुनवहादुर तामाङले टेलिफोन मार्फत वताए ।